Like us!
Follow us!
Connect us!
Watch us!

जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ र घोराही सिमेन्टसहित ६ उद्योगको लाइन काट्यो विद्युत प्राधिकरण

अर्थ संसार

मंगलबार, ०४ कार्तिक २०८२, ०९ : ३६ मा प्रकाशित

जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ र घोराही सिमेन्टसहित ६ उद्योगको लाइन काट्यो विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेर प्रिमियम महसुल नतिर्ने उद्योगहरूको विद्युत आपूर्ति बन्द गरेको छ। मंगलबार बिहानैदेखि प्राधिकरणले जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीजत्रिवेणी स्पिनिङ मिल्स का लाइन काटेको हो।

यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत प्रयोग गरे पनि प्राधिकरणलाई तिर्नुपर्ने थप प्रिमियम महसुल नतिरेका थिए। यस अवधिको बक्यौता रकम निकै ठूलो रहेको बताइएको छ।

प्राधिकरणका अनुसार जगदम्बा स्टिल ले झण्डै १ अर्ब ६० करोड, रिलायन्स स्पिनिङ मिल्स ले ७५ करोड ३७ लाख, शिवम् सिमेन्ट ले ७७ करोड ८८ लाख, घोराही सिमेन्ट ले ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्ट ले ४४ करोड ८४ लाख र त्रिवेणी स्पिनिङ मिल्स ले ३२ करोड १० लाख रुपैयाँ बराबरको बक्यौता नतिरेका छन्।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, बक्यौता रकम तिर्न तिहारको सार्वजनिक बिदामा पनि काउन्टर सञ्चालन गरिएको छ। उनले भने, “उद्योगहरूले किस्तामा रकम बुझाउने सुविधा पनि पाउनेछन्। पहिलो किस्ता बुझाउने बित्तिकै काटिएको लाइन तुरुन्तै पुनःजोडिनेछ।”

प्राधिकरणले यसअघि उद्योगहरूलाई कात्तिक २ गतेसम्मको समयसीमा दिएको थियो। ती मध्ये १२ उद्योगले तोकिएको समयभित्र बक्यौता तिरेका छन् भने बाँकीले समयमै रकम नतिरेकाले लाइन काटिएको प्राधिकरणको भनाइ छ।

विद्युत् महसुल तिर्नेबित्तिकै लाइन पुनः जडान गरिने बताउँदै प्राधिकरणले बाँकी उद्योगहरूलाई शीघ्र बक्यौता बुझाउन आग्रह गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको