साहस ऊर्जा लिमिटेडले आउँदो मंसिर २४ गते (बुधबार) बिहान ११ बजे काठमाडौं–बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आफ्नो बाह्रौं वार्षिक साधारणसभा बोलाएको छ ।
सभामा हालको चुक्ता पूँजीबाट २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। लाभांश वितरणपछि कायम हुने चुक्ता पूँजीको १०० प्रतिशत (१:१ अनुपात) बराबर ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
यसबाहेक, कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विधानलगायतका वित्तीय विवरण अनुमोदन गरिनेछ। चालू आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्ति गरी उनको पारिश्रमिक तोक्ने कार्यसूची पनि रहेको छ। कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा सम्बन्धित निकायबाट सुझाव वा निर्देशन आएमा त्यसअनुसार थप संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
साधारणसभा र लाभांश वितरणका लागि कम्पनीले मंसिर ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार मंसिर ४ गतेसम्म नेप्सेमा नाम दर्ता भएका शेयरधनीहरू मात्र सभामा सहभागी हुन र घोषित लाभांश प्राप्त गर्न योग्य रहनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस