नेपाल बैंक लिमिटेड महाराजगंज शाखाले नौलो तरिकाबाट जेन-जी हरुलाई वित्तीय साक्षरता अभियानमा जोडेको छ। नेपालको पहलो बैंक नेपाल बैंक लिमिटेड १९९४ कार्तिक ३० गते स्थापना भएको हो ।
आउँदै गरेको ८९ औं बार्षिक उत्सवको अवसरमा बैंकको महाराजगन्ज शाखाले बाँसबारी माध्यमिक विद्यालय,महाराजगन्ज, काठमाडौं मा कक्षा ११ र १२ मा अध्यनरत ८५ जना बिद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । महाराजगंज शाखाका शाखा प्रबन्धक महेश राज जोशी र महाराजगन्ज शाखामा कार्यरत नवराज खनाल ले बैंक तथा वित्तीय उपकरण र नेपालको गौरव सम्बन्धी विभिन्न भिजुअल ज्ञाम सहित संचालन गरेको प्रस्तुति विद्यार्थी हरुले निकै रुचाएका थिए।
शाखा प्रबन्धक जोशीले हामीले पढ्दा अहिलेका बालबालिका भोलिका कर्णधार भनिन्थ्यो तर सहि अर्थमा जेञ्जी-जी समुह भोलिको मात्र होइन आजको समेत कर्णधार भएको बताउँदै वित्तीय साक्षरताको आवश्यकता अझै बढ्दै गएकोले देशको नाम संग जोडिएको नेपालको पहिलो बैंक समय सँगै अघि बढी रहेकोले हरेक समुहलाई उत्कृष्ठ बैंकिङ सेवा प्रदान गर्ने विषयमा कटिबद्ध रहेको बताए ।
बाँसबारी माध्यमिक विद्यालय महाराजगन्ज का प्रध्यानाध्यापक नारायणी तिमिल्सिनाले यस्तो कार्यक्रमले आजको जेन जी विद्यार्थीहरु निकै लाभान्वित समेत भएकोले नेपाल बैंक लिमिटेड महाराजगंज शाखा प्रति आभार प्रकट गरेका थिए ।


अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस