Like us!
Follow us!
Connect us!
Watch us!

सरकारद्वारा ‘जेनजी’ घाइतेका लागि पहिलो चरणमा ४८ लाखभन्दा बढी राहत वितरण

अर्थ संसार

मंगलबार, ०४ कार्तिक २०८२, १७ : २४ मा प्रकाशित

सरकारद्वारा ‘जेनजी’ घाइतेका लागि पहिलो चरणमा ४८ लाखभन्दा बढी राहत वितरण

सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारका लागि पहिलो चरणमा ४८ लाख ५८ हजार रुपैयाँ भैपरी खर्च शीर्षकमा वितरण गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको प्रारम्भिक प्रतिवेदनका आधारमा प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले रकम पठाइएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरा जिल्लामा रकम पठाइएको हो। सरकारको निर्णय अनुसार, बाँकी जिल्लाहरूमा पनि क्रमशः राहत वितरण प्रक्रिया अघि बढाइनेछ।

मन्त्रिपरिषद्को असोज १२ गतेको निर्णयअनुसार, तत्कालका लागि भैपरी खर्च उपलब्ध गराउने र त्यसपछि प्राविधिक समितिको वर्गीकरणका आधारमा उचित राहत रकम निर्धारण गर्ने नीति तय गरिएको थियो। स्वास्थ्य मन्त्रालयका तथ्यांकअनुसार हालसम्म २,४२९ जना घाइतेको विवरण गृह मन्त्रालयमा पठाइएको छ।

भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको पहिचान र उपचारलाई सहज बनाउन सरकारले विशेष परिचयपत्र वितरण गरेको छ। यस्तै, पुनः उपचारका लागि विभिन्न अस्पतालहरूमा ‘जेनजी क्लिनिक’ सञ्चालनमा ल्याइएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार, हालसम्म सरकार र विभिन्न अस्पतालहरूले घाइतेहरूको उपचारमा एक अर्ब रुपैयाँभन्दा बढी रकम खर्च गरिसकेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको