Like us!
Follow us!
Connect us!
Watch us!

झापा इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत,ओपनिङ रेञ्ज कति ?

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०८२, १३ : ०० मा प्रकाशित

झापा इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत,ओपनिङ रेञ्ज कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झापा इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ। आज शुक्रबार कम्पनीको ३८ लाख १ हजार ९०० कित्ता सेयर सूचीकृत भएका छन्। यसमा सर्वसाधारणलाई जारी गरिएको ९ लाख ५० हजार ४७५ कित्ता र संस्थापक सेयरधनीले लगानी गरेका २८ लाख ५१ हजार ४२५ कित्ता गरी कुल ३८ लाख १ हजार ९०० कित्ता सेयर सूचीकृत भएको हो।

नेप्सेले झापा इनर्जीको सेयरको पहिलो कारोबारका लागि १००.१२ रुपैयाँदेखि ३००.३६ रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेको छ। आइतबार सोही रेञ्ज अनुसार स्पेशल प्रि–ओपन सेसनमा कारोबार भएपछि दोस्रो बजारमा नियमित कारोबार सुरु हुनेछ।

कम्पनीलाई नेप्सेले 'झापा (जेएचएपीए)' स्टक टिकर उपलब्ध गराएको छ र शेयर यही नामबाट कारोबार हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको