Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन आयोगलाई मतदाता नामावली संकलनको समय थप गर्न प्रधानमन्त्रीको आग्रह

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०८२, १६ : २७ मा प्रकाशित

निर्वाचन आयोगलाई  मतदाता नामावली संकलनको समय  थप गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई टेलिफोन गरी मतदाता नामावली दर्ताको अवधि केही बढाउन अनुरोध गरेकी छन्।

शुक्रबार दिउँसो भएको फोन वार्तामा उनले दर्ता गराउने व्यक्तिको संख्या तीव्र रूपमा बढिरहेको र अनलाइनमार्फत आवेदन दिनेहरूको चाप समेत बढ्दै गएको भन्दै समय थप गर्नु आवश्यक रहेको बताएका छन्।

भण्डारीले पनि प्रधानमन्त्रीको आग्रहप्रति सकारात्मक प्रतिक्रिया दिएका प्रेस संयोजक राम रावलले बताएका छन्। हाल आयोगले उमेर पुगेका तर अझै मतदाता नामावलीमा नाम नदिएका नागरिकलाई ३० कात्तिकसम्म नाम दर्ता गराउन समय निर्धारण गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको