Like us!
Follow us!
Connect us!
Watch us!

ज्याति विकासको दशौं वार्षिकोत्सव : टुहुरालाई रोजगारीदेखि शिक्षासम्म सहयोग

विहीबार, १० साउन २०७५, १० : ३२ मा प्रकाशित

ज्याति विकासको दशौं वार्षिकोत्सव : टुहुरालाई रोजगारीदेखि शिक्षासम्म सहयोग

अर्थ संसार, काठमाडौं – ज्योति विकास बैंकले बुधबार आफ्नो स्थापनाको दशौं वर्ष पुरा गरी एघारौं वर्षमा प्रवेश गरेको छ । यस बैंकको स्थापना २०६५ साल श्रावण ९ गते भएको हो । बैंकले आफ्नो दशौं वार्षिकोत्सव भब्यताका साथ सम्पन्न गरेको छ ।

वार्षिकोत्सवको उपलक्ष्यमा सदाझै यस वर्ष पनि बैंकको कमलादी स्थीत प्रांगणमा तथा सिमरा शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको  थियो । त्यसै गरी  आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गर्दै सामाजिक योगदानमा पनि सम्लग्न हुँदै आएको छ जस अन्तर्गत यहि आषाढ २८ गते नागरिक दैनिक पत्रिकाको अघिल्लो पृष्ठमा प्रकाशित “बिपन्नताले पुछिएको सिन्दुर” शिर्षकमा प्रकाशित समाचार अनुसारको मुस्ताङ्ग जिल्लामा भएको सवारी दुर्घटनामा आफ्नो श्रीमान सहित सबै परिवार गमाउन पुगेकी रोल्पा जिल्लाको थवाङ्ग गाउँपालिका ५ उवा निवासी २१ वर्षिया लिलासरी पुनमगर रोकासंग हाल बृद्ध सासु ससुरा र ५ वर्षे छोरा मात्र रहेकोले निजलाई बैंकमा रोजगारी प्रदान गरी बच्चाको १२ कक्षा सम्मको पढाई लेखाई खर्च का लागि बैंकले सामाजिक उत्तरदायित्व कोषबाट व्यहोर्ने गरी निर्णय गरेको छ ।

 साथै बैंकको विराटनगर शाखाबाट जनचेतना आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी प्रदान गरिएको छ भने देवघाट शाखाबाट देवघाट समाज कल्याण केन्द्रका वृद्घवृद्घाहरुलाई फलफूल,खाजा तथा रुमाल वितरण गरिएको छ । त्यस्तै बैंकको  वर्दिबास शाखाबाट पनि धनुषामा अवस्तिथ लालगढ कुष्टरोग अस्पताल तथा बाँकेको कोहलपुरमा रहेको कौशिल्या पोलिकिल्नकका बिरामीहरुलाई फलफूल, खाजा आदि वितरण गरिएको छ तथा बैंकको अन्य शाखाहरु मार्फत पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन भएका छन् ।

बैंकले यसै उपलक्ष्यमा ज्योति रेमिट तथा ज्योति स्मार्ट मोबाइल बैंकिङ्गको औपचारिक शुभारम्भ गरेको छ भने १०औं वार्षिकोत्सव स्मारिकाका प्रकाशन गरि उक्त स्मारीकालाई त्रैमासिक रुपमा प्रकाशनको निम्ति औपचारिक शुभारम्भ समेत गरेको छ ।

यस विकास बैंकको हाल मुलुक भरिमा ६० वटा शाखा संजाल तथा २० वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आ.व. भित्र यस बैंकले ९० वटा शाखाहरु पुर्याउने लक्ष्य सहित कार्य गरिरहेको जानकारी गराउँदछौं । ज्योति विकास बैंकको हालको चुक्ता पुंजी रु. २ अर्ब ५९ करोड ३६ लाख रहेको रहेको छ । हालसम्म बैंकले २ लाख भन्दा बढि खाताबाट रु. १९ अर्व ५६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १६ अर्व ९ करोड ऋण लगानी गर्न सफल भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको