Like us!
Follow us!
Connect us!
Watch us!

नेदेरल्याडस्को सहज जित, समुह विजेता बन्दै नकआउट चरणमा

अर्थ संसार

शुक्रबार, १२ असार २०८३, १० : १५ मा प्रकाशित

नेदेरल्याडस्को सहज जित, समुह विजेता बन्दै नकआउट चरणमा

फिफा विश्वकप २०२६ शुक्रबार सम्पन्न खेलमा ट्युनिसियालाई पराजित गर्दै नेदरल्यान्डस् समुह ‘एफ’को विजेता बनेको छ । भर्खरै सम्पन्न खेलमा नेदरल्यान्डस्ले ३–१ गोलअन्तरले ट्युनिसियालाई पराजित गरेको हो ।

नेदरल्यान्डस्ले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो । ट्युनिसियाका इलएस सखिरीले खेलको ३ मिनेटमै आत्मघाती गोल गरेका थिए । त्यसपछि खेलको ७ औँ मिनेटमा नेदरल्यान्डस्का ब्रायन ब्रोबेले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए । खेलको ५६ औं मिनेटमा ट्युनिसियाले एक गोल फर्काएको थियो । जसमा हाजेम मस्तुरीले गोल गरेका थिए । त्यसपछि ६२ औं मिनेटमा नेदरल्यान्ड्स्का जान पल भान हेक्केले टोलीका लागि तेस्रो गोल प्रहार गरेका थिए ।

त्यसपछि बाँकी समयमा थप गोल हुन सकेन र नेदरल्यान्डस्ले खेल ३–१ गोलअन्तरले जित्यो । यो जितसँगै नेदरल्यान्डस्को अंक तालिकामा ७ अंक भएको छ । जसमा दुई जित र एक बराबरी छ । यो अंक उसका लागि समुहको विजेता हुन पर्याप्त रह्यो ।

अब राउन्ड अफ ३२ मा नेदरल्यान्डस्ले मोरक्कोसँग खेल्नेछ । समुह ‘एफ’कै अर्को खेलमा जापान र स्विडेनले १–१ गोलको बराबरी खेले । जसले अंक तालिकामा जापान ५ अंकसहित समुहको उपविजेता बन्दै नकआउट चरणमा पुग्यो । स्विडेन ४ अंक सहित तेस्रो स्थानमा रह्यो । जुन नकआउट चरणमा पुग्न पर्याप्त बन्यो । ट्युनिसिया भने जितविहीन रहँदै समूह चरणबाटै बाहिरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको