Like us!
Follow us!
Connect us!
Watch us!

सरकार र केसीबीच नौंबुँदे सहमतिसँगै अनसन तोडियो, केके भए सहमति ? (पूर्णपाठसहित)

शुक्रबार, ११ साउन २०७५, ०७ : ३० मा प्रकाशित

सरकार र  केसीबीच नौंबुँदे सहमतिसँगै अनसन तोडियो, केके भए सहमति ? (पूर्णपाठसहित)

अर्थ संसार, काठमाडौं– सरकारले आमरण अनसनरत डा. गोविन्द केसीका सबै माग पुरा गर्ने गरी नौंबुँदे सहमति गरेको छ । यससँगै डा। केसीको २७ दिन लामो अनसन तोडिएको छ ।

सरकारका तर्फबाट नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ र माथेमा कार्यदलका संयोजक प्रा केदारभक्त माथेमाले अस्पतालमा अनशनरत प्रा डा केसीलाई जुस ख्वाएर अनशन तोडाएका हुन् ।

समझदारीअनुसार  १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्न नपाइने, अध्यादेशअनुसार नै  चिकित्साशास्त्र विधेयक ल्याइने, विगतमा भएका सहमतिको कार्यान्वयन गर्नेलगायतका बुँदा रहेका छन् ।

अनसन तोडिएसँगै केसीलाई त्रिवि शिक्षण अस्तालकै आइसीयुमा भर्ना गरिएको छ । बिहीबार दिनभर केसीको माग बारे सहमति जुटाउन वार्ता भएको थियो ।

पहिला सरकारी वार्ता टोली र केसी पक्षीय वार्ता टोलीबीच वार्ता भएकोमा त्यसबाट सहमति जुट्न नसकेपछि बिहिबार साँझ अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रम केपी शर्मा ओलीकै उपस्थितिमा भएको वार्ताले सहमति जुटाएको हो ।  प्रा डा केसी विभिन्न माग राखी २७ दिनदेखि कर्णाली विज्ञान प्रतिष्ठान जुम्ला र त्रिवि शिक्षण अस्पताल काठमाडौँमा अनशनरत थिए ।

5b5a7c3822b44.jpg 5b5a7c48f376b.jpg 5b5a7c57f1e6d.jpg 5b5a7c69e75f4.jpg 5b5a7c7aec0a1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको