Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको कार्ड लिनुहोस्, ब्लु क्रस अस्पतामा १० प्रतिशत छुट पाउनुहोस्

आइतबार, २७ साउन २०७५, १५ : ५६ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको कार्ड लिनुहोस्, ब्लु क्रस अस्पतामा १० प्रतिशत छुट पाउनुहोस्

अर्थ संसार, काठमाडौं– मुक्तिनाथ विकास बैंक र ब्लुक्रस अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालको तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र ब्लु क्रस अस्पतालको तर्फबाट सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकले ब्लु क्रस अस्पतालमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट पाउने पाउने छन् ।
मुक्तिनाथ विकास बैंकले ९५ वटा शाखा, १७ वटा एटीएमबाट र ३ लाख ७५ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको