अर्थ संसार, काठमाडौं- एनसेल प्रालिले मिदास एजुकेसन प्रालिसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि मिदास इ–क्लास सेवा ल्याएको छ ।
यो सेवाको सुरुवातसँगै अब एनसेलका ग्राहकले आफ्ना बालबच्चाको शैक्षिक विकासका लागि श्रव्य/दृश्यमा आधारित डिजिटल शैक्षिक सामग्रीहरूको ठूलो संग्रहबाट लाभ लिन सक्ने जनाइएको छ ।
यसमा उपलब्ध हुने पाठ्यक्रमहरू श्रव्य÷दृश्यमा आधारित र अन्तक्र्रियात्मक हुने भएकाले बालबालिकाले अभिरुचिपूर्वक सिक्न सक्ने दाबी गरिएको छ ।
यस सेवामा प्लेगु्रपदेखि कक्षा दशसम्म अध्ययन गर्ने विद्यार्थीका भिडियो ट्युटोरियल, विविध शैक्षिक सामग्री, गेम्स् तथा अभ्यास रहेका छन्।
मिदास इ–क्लास सदस्यतामा आधारित सेवा भएकाले ग्राहकले दैनिक, साप्ताहिक तथा मासिकमध्य कुनै पनि सेवा योजना सुचारु गर्न सक्ने जनाइएको छ ।
जसमा दैनिक सेवाको १५ रुपैयाँ २६ पैसा, साप्ताहिकको ७१ रुपैयाँ २६ पैसा र मासिक सदस्यताको २ सय ५४ रुपैयाँ ५० पैसा तोकिएको छ ।
यो नवीन सिकाइ पद्धतिले डिजिटल नेपालको निर्माणमा पनि योगदान पुर्याउने विश्वास लिएको एनसेलले जनाएको छ ।
एनसेलका ग्राहकले यो सेवा सुचारु गरको  दिनदेखि एक हप्तासम्म निःशुल्कप्रयोग गर्न सक्ने जनाइएको छ । एप डाउनलोड तथा एपमा रहेको शैक्षिक सामग्री प्रयोग तथा डाउनलोड गर्दा विद्यमान डेटा शुल्क लाग्ने जनाइएको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस