Like us!
Follow us!
Connect us!
Watch us!

उनी फेल्टले अन्तर्राष्ट्रिय बजार समात्दै

शनिबार, १६ पुस २०७३, १० : ०३ मा प्रकाशित

उनी फेल्टले अन्तर्राष्ट्रिय बजार समात्दै

अर्थ संसार
काठमाडौं–फेल्ट उद्योग क्षेत्रमा क्रियाशिल उद्यमी तथा निर्यातकर्ताहरुको छाता संगठन नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघको वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।साधारणसभामा उद्योग मन्त्री नविन्द्रराज जोशीले नेपाली उद्योगी व्यवसायीहरुले उद्योगको विकासभन्दा वढी आयात व्यापारलाई प्राथामिकता दिएकाले समस्या भएको बताए ।

उनले नेपाली उद्योगपतीहरुमा व्यक्तिगत लोभ रहेकाले हरेक उद्योगको विकासमा साझा धाराणा आउन नसकेको उनको भनाइ थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मुलुकको औद्योगिक विकास  र निर्यात प्रवद्र्घनका सवालमा सरकारका काम कार्वाही सन्तोषजनक नरहेको बताए । उनले दिईएका सुविधासमेत झन्झटिला रहेको वताए ।

कार्यक्रममा संघका अध्यक्ष नरेशलाल श्रेष्ठले निकासीमा उनी फेल्टले निकासीमा ठूलो योगदान गर्दा पनि राज्यबाट प्राप्त गर्नुपर्ने सेवा र सुविधाबाट आफुहरु बन्चित हुनु परेको गुनासो राखे । उनले उनी फेल्ट  उद्योगमा मात्रै २५ हजारले रोजगारी पाएको बताए ।

नेपालको निकासी क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उनीफेल्टका उत्पादनले युरोपेली बजारमा राम्रो पकड राख्न सफल भएका छन् ।  वार्षिक झन्डै डेड अर्वको हाराहारीमा निकासी भइराखेको यसका उत्पादनको कच्चा पदार्थ भने न्युनिल्याण्डबाट आयात हुने गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको