अर्थ संसार, सिन्धुली– सिन्धुलीमा नेपाल प्रहरीको बिग बिगी बढेको छ । ट्राफिक प्रहरीले वा ट्राफिक प्रहरीको दरबन्दी भएको स्थानमा ट्राफिक प्रहरीको अनुपस्थितीमा ट्राफिक प्रहरीसँग अनुमती लिएर नेपाल प्रहरीले सवारी साधनको चेक जाँच गर्न पाउने व्यावस्था भएको भएपनी नेपाल प्रहरीले आफुहरुलाई विना कारण तनाव दिने गरेको यातायात व्यावसायीहरुले गुनासो गरेका छन ।
सिन्धुलीको गोलन्जोर ३ मा रहेको प्रहरी चौकी ग्वाल्टारका प्रहरी प्रमुख प्रहरी असई भुमेश्वार पाण्डेले विना कारण यो वा त्यो वाहनामा आफुहरुलाई दुःख दिने गरेको यातायात व्यावासायी रामकुमार भुजेलले बताए ।
साना बोलेरो, अटो ट्याक्टर, बस तथा ट्रकहरुलाई विना कारण दुःख दिने गरेको उनिहरुको भनाई छ । असई पाण्डे बर्दीमा रहेको समयमा पनी मद्यिरा सेवन गर्ने र होटल तथा खाजा घरहरुमा पनी आफुखुसी बियर लगायतका परिकारहरु झिकेर खाने गरेको होटल व्यावसायीहरु बताउ छन ।
डिउटीमा अरु नै रहेको समयमा पनी आफु गएर सवारी साधनहरुसंग चिसो तातो तथा चुरोट र रिचार्ज लिने गरेको र आफुहरुले दिने गरेको बा ५ ख ६७४ नम्बरको ट्रकले बताएको छ भने आफुले कलेक्सन गरेर राखेको बालुवा निकासी गर्दा ना ५ त ८९७० र ना ६ त ४७६४ नम्बरका ट्याक्टरहरुबाट रकम असुलेको सञ्चालकहरुको भनाई छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस