अर्थविद् चन्द्रमणी अधिकारीले पुँजी बजार बढ्नका लागि अर्थतन्त्रनै बढ्नु पर्ने बताएका छन् । अर्थसंसारसँग कुराकानी गर्दै उनले अर्थतन्त्र संकुचनमा रहेको अवस्थामा पुँजी बजार बढ्नै नसक्ने बताएका हुन् ।
‘अहिले नेपालको अर्थतन्त्रनै संकुचनको अवस्थामा रहेको छ । यो अवस्थामा पुँजी बजार बढ्ने भन्नुनै गलत हो,’ उनले भने । अहिले बैंक तथा वित्तीय क्षेत्रमा संकुचन रहेको र सेयर बजारमा पनि यो क्षेत्रको बलियो पकड भएकाले बजार बढ्न नसकेको उनको भनाइ छ । ‘अहिले बैंकहरुमा पनि नाफाको चुनौति रहेको छ । बैंक तथा वित्तीय कम्पनीहरुको नाफा घटेको अवस्थामा पुँजी बजारमा त्यसको असर पर्छ,’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस