अर्थ संसार, काठमाडौं - सुनसरीको भुताहामा भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका प्रधानाध्यापकको हत्या गरेको छ । स्थानीय विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार गरी हत्या गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार प्रहरी र हतियारधारी समूहबीच पनि गोली हानाहान भएको छ ।घटनामा प्रहरीमा पनि घाइते भएका छन् ।
यद्यपि, कति घाइते भए भन्ने विवरण आइसकेको छैन ।अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ । उनीहरु चारै जना फरार छन् ।
यो समाचार छुटाउनु भयो कि ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस