अर्थ संसार, बर्दिवास– कात्तिक कृष्णपक्ष शुरु भएसँगै महोत्तरीका गाउँ र नगरका बस्तीमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको छ ।
दीपावली र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो), छ्याँची (दही जमाउने भाँडा) र ढकना ९बिर्को०सहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्पराअनुसार बजारमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको हो । वर्षभरि अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा यी पर्वविशेषमा मिथिला परम्परामा अनिवार्य जस्तै मानिँदै आएकाले यसले बजार पाएको हो ।
मुख्य व्यापारिक केन्द्र बर्दिवासको मुख्यचोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभई दिनहुँजसो माटाका भाँडा बिक्री हुँदै आएका छन् । वैदिक, धार्मिक र सांस्कृतिक पर्व र उत्सवमा आवश्यक पर्ने भाँडा माटाकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटाका भाँडा बनाउने कुम्हालेको व्यस्तता निकै बढेको छ । मिथिला क्षेत्रमा माटाका नयाँ भाँडा कार्य गर्न उत्तम हुने धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा यसको माग ह्वात्तै बढ्ने गरेको उद्यमी, व्यापारी र सर्वसाधारण बताउँछन् ।
दीपावली र छठ पर्वमा बत्ती बाल्ने दियो, कलश राख्ने घडा, दही जमाउने छ्याँची र त्यसलाई छोप्ने ढकनसहित माटाकै नयाँ भाँडा प्रयोग गरिने परम्पराले यसको कारोवारमा वृद्धि भएको माटोका भाँडा बनाउँदै आएका कुम्हाले बताउँछन् । ‘‘पहिले पहिले त हाम्रो गुजाराको पेशा नै यही थियो, अब प्लास्टिक र अन्य धातुका भाँडाको प्रयोग बढेपछि चाडपर्वमा खुम्चिएका छौँ,” पिपराढी बस्तीका रामसागर पण्डितले भन्नुभयो ।
कात्तिक कृष्णपक्ष शुरु भएसँगै तिहार ९दिवाली, दीपावली० को तयारी थालिने र लगत्तै छठ आउने भएकाले सर्वसाधारण पर्वविशेषको समानको जोहोमा लागेसँगै माटाका भाँडाको व्यपार बढेको छ । जिल्लाका बर्दिवास, औरही, सीतापुर, रामगोपालपुर, गौशाला, मटिहानी, लोहारपट्टी, बलवा, पिपरा, सम्सी र सदरमुकाम जलेश्वरसहितका हाटमा माटाका भाँडा बिक्री हुन थालेको छ । भङ्गाहा नगरपालिका–५ भुचक्रपुरका काशीलाल पण्डित मिथिला क्षेत्रमा दुई दशक पहिलेसम्म माटाका भाँडा दैनिक प्रचलनमा रहे पनि त्यसयता प्लास्टिकका भाँडाको प्रयोग बढेकाले व्यवसाय चाडपर्वलाई मात्र सीमित भएको बताउनुहुन्छ । गत वर्ष झण्डै रु १८ लाखका माटाका भाँडाको कारोवार भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनप्रसाद गुप्ताले बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस