Like us!
Follow us!
Connect us!
Watch us!

तीन लाख माथि र तीन लाख मुनि हुँदै सातामा १ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

अर्थ संसार

शनिबार, ०२ जेठ २०८३, ०७ : ४१ मा प्रकाशित

तीन लाख माथि र तीन लाख मुनि हुँदै सातामा १ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

यो साता नेपाली बजारमा सुनको मूल्य सामान्य घटेर कारोबार भएको छ । यो साताको सुरुको दिनको तुलनामा अन्तिम दिनसम्म आइपुग्दा १ हजार ४०० रुपैयाँले सुनको मूल्य घटेको हो । 

गत वैशाख २५ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । जेठ १ गते शुक्रबार भने सुनको मूल्य २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यी बीचका दिनहरुमा सुनको मूल्य कुनै दिन ३ लाख माथि र कुनै दिन ३ लाख भन्दा तल कारोबार भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत वैशाख २७ गते आइतबार सुन प्रतितोलामा १ हजार रुपैयाँले घटेर तोलाको २ लाख ९८ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै वैशाख २८ सोमबार भने सुन प्रतितोलामा ४०० रुपैयाँले घट्यो । त्यसदिन सुन २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तैगरी, वैशाख २९ गते मंगलबार एकैदिन सुन प्रतितोलामा ४ हजार ४०० रुपैयाँले बढेर तोलाको ३ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, वैशाख ३० गते बुधबार भने सुन प्रतितोला ७०० रुपैयाँले घटेर ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । वैशाख ३१ गते बिहीबार सुन प्रतितोला ३०० रुपैयाँले बढेर ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रबार आइपुग्दा एकैदिन सुनको मूल्य ४ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको