Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर : करिब १४ अंक घट्यो नेप्से, औषत कारोबार ३ अर्ब ६९ करोड

अर्थ संसार

शनिबार, ०२ जेठ २०८३, ०७ : ३७ मा प्रकाशित

साताको सेयर : करिब १४ अंक घट्यो नेप्से, औषत कारोबार ३ अर्ब ६९ करोड

यस साता नेप्से परिसूचक करिब १४ अंक घटेर बन्द भएको छ । गत साता २७४५.६५ विन्दुमा बन्द भएको नेप्से, यो साता ०.५० प्रतिशत अर्थात १३.७१ अंक घटेर २७३१.९४ विन्दुमा बन्द भएको हो ।

यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार दिन घटेर बन्द भएको थियो । यो साता सेन्सेटिभ इण्डेक्स ०.२२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंक घटेको छ । नेप्से घटेपनि यस साता कारोबार रकम भने सामान्य बढेको छ । गत साता दैनिक औषतमा ३ अर्ब ४२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब ६९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ७.९० प्रतिशत बढेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ९.०८ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ४.८३ प्रतिशत घटेको छ ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ०.५० प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब ८२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २३ अर्ब रुपैयाँ घटेर ४६ खर्ब ५९ अर्ब रुपैयाँमा सीमित भएको छ । १३ उपसमूहमध्ये यस साता ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस साता व्यापार उपसमूहको परिसूचक ०.९५ प्रतिशत बढेको छ । गत साता ३७५६.६६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३५.५१ अंक बढेर ३७९२.१७ विन्दुमा पुगेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ ।

कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस साता सर्वाधिक १.७९ प्रतिशत घटेको छ । गत साता ७९३८.१२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १४२.०४ अंक घटेर ७७९६.०८ विन्दुमा झरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको