Like us!
Follow us!
Connect us!
Watch us!

भिखाराम चाँदमल अब नेपालमा

शुक्रबार, १६ कार्तिक २०७५, २० : २० मा प्रकाशित

भिखाराम चाँदमल अब नेपालमा

अर्थ संसार, काठमाडौं– कोलकत्ताको मिठाई र स्न्याक्सकोे एक प्रसिद्ध ब्रान्ड भिखाराम चाँदमलले पहिलोपटक आफ्नो नयाँ शाखा अब नेपालमा ल्याएको छ ।

नेपालका लागि भिखाराम चाँदमलको यो शाखा काठमाडौँको मुटु शुक्रपथ – ईन्द्रचोकमा स्वस्तिक स्वीट्स एण्ड स्न्याक्स प्रा.लि. को नाममा रहेको छ । यो मिठाई पसलले शुद्ध शाकाहारी खानाको साथमा विभिन्न मिठाई, नमकिन, भुजिया, ड्राई फ्रुट्स का साथै रेष्टुरेण्ट तथा फास्ट फूडको सेवा पनि उपलब्ध गरेको छ ।

भिखाराम चाँदमल शाकाहारी खाना मन पराउनेहरुका लागि प्रसिद्ध ब्रान्ड हो र यो विहान सात बजे देखि बेलुका नौ बजे सम्म खुल्ला रहनेछ ।

स्वस्तिक स्वीट्स एण्ड स्न्याक्स प्रा.लि. का प्रबन्ध निर्देशक श्री श्रवण घिराईयाका अनुसार भिखाराम चाँदमलले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर नियन्त्रण विधि अपनाएको छ , यहाँ उपलब्ध शतप्रतिशत सुरक्षित र स्वस्थबद्र्धक खानामा ग्राहकहरु ढुक्क हुन सक्नेछन् ।

स्वादिला र ताजा खाना नै यहाँको गुणस्तरको पहिचान हो । भिखाराम चाँदमल, स्वीट्स एण्ड स्न्याक्स स्वादका पारखीका लागि एक नयाँ आयाम हुनेमा विश्वस्त छू ।
तिहारको अवसरमा भिखाराम चाँदमलले आकर्षक विशेष छुट को पनि व्यवस्था गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको