Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति पछि पनि निराश लगानीकर्ता, सेयर बजारमा ३० अंकको पहिरो

अर्थ संसार

बुधबार, २४ असार २०८३, १५ : ०७ मा प्रकाशित

मौद्रिक नीति पछि पनि निराश लगानीकर्ता, सेयर बजारमा ३० अंकको पहिरो

नेपाल राष्ट्र बैंकले मंगलबार मात्रै आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्‍यो । मौद्रिक नीति आउने दिने दोहोरो अंकले बढेको सेयर बजार त्यस पछिको पहिलो कारोबार दिन बुधबार पुँजी बजारमा उच्च गिरावट देखिएको छ । 

बुधबारको करोबार बन्द हुँदा नेप्से परिसूचक ३०.०९ अंकले घटेको छ । यो अघिल्लो दिनको भन्दा १.१३ प्रतिशतले कम हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६२१.५९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २४७ कम्पनीको सेयर मूल्य घटेको छ भने २५ कम्पनीको सेयर मूल्य आज बढेको छ । त्यस्तै आज ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.९३ अंकले घटेर ४५६.६८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये एउटाको मात्रै सेयर मूल्य बढेको छ । बाँकी १२ वटा उपसूचकको सेयर मूल्य घटेको छ । 

परिसूचक घटे पनि आज कारोबार रकममा भने वृद्धि भएको छ । आज सेयर बजारमा ४ अर्ब ८२ करोड माथिको कारोबार भएको छ । अघिल्लो दिन सेयर बजारमा ४ अर्ब ४० करोडको कारोबार भएको थियो । आज ३६२ कम्पनीका ८४ लाख ६३ हजार १५ कित्ता सेयर ७७ हजार ६२७ पटक खरिद बिक्री हुँदा ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको