लगानीकर्ता जगन्नाथ ढुंगेलले मौद्रिक नीति सकारात्मक आएको र यसको कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा हेर्नु पर्ने बताएका छन् । अहिलेको मौद्रिक नीति नराम्रो नआएको र धेरै कुरा सर्कुलर मार्फत हुने भएकाले सुर्कुलर कुर्नु पर्ने उनले बताएका हुन् ।
अहिलेको मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएकाले यसको असर पुँजी बजारमा पनि पर्ने उनको भनाइ छ । ‘अर्थतन्त्र बलियो बनाउने भनिएको छ । अर्थतन्त्र बलियो बन्यो भने पुँजी बजार पनि बलियो हुन्छ,’ उनले भने । मौद्रिक नीतिमा धेरै उधारो कुरा आएको छ । त्यसका कार्यविधि र सर्कुलर कस्ता आउँछन त्यस अनुसार बजारमा प्रभाव पर्ने उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस