Like us!
Follow us!
Connect us!
Watch us!

फुडमान्डुको बार्षिकत्सवमा ८ प्रतिशत छुट

सोमबार, २६ कार्तिक २०७५, ०८ : ५१ मा प्रकाशित

फुडमान्डुको बार्षिकत्सवमा ८ प्रतिशत छुट

अर्थ संसार, काठमाडौं– काठमाण्डौंका विभिन्न उत्कृष्ट रेष्टुरेण्टहरुका परिकारहरु ग्राहकको घरदैलोसम्म डेलिभरी सेवा प्रदान गर्दै आएको कम्पनी फुडमान्डुले आफ्नो स्थापनाको आठौं वर्ष पुरा गरेको छ ।

सन् २०१० मा सुरु भएको कम्पनी फुडमान्डुले हालसम्म लाखौं उपभोक्ताहरुलाई सेवा प्रदान गरिकेको छ ।

आफ्नो आठौं स्थापना दिवशको अवसरमा फुडमान्डुले आफ्नो सेवाग्राहीहरुलाई ११ नोभेम्वरको दिन हरेक अर्डरमा ८ प्रतिसत को छुट दिने भएको छ ।

साथै ८ जना भाग्यशाली उपभोक्ताले आउंदो ८ महिना सम्म प्रत्येक महिना रु. ८०० बराबरकोे निःशुल्क खाना अर्डर गर्न पाउने व्यवस्था गर्ने पनि कम्पनीले जनाएको छ ।

आफ्ना उपभोक्ता र आवद्घ रेष्टुरेण्टहरुलाई धन्यवाद दिंदै कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी मनोहर अधिकारीले भन्नुभयो “आफ्नो सेवालाई थप सजिलो र गुणस्तरीय बनाई सेवाग्राहीलाई खुसी र सन्तुष्टी प्रदान गर्ने प्रतिबद्घता व्यक्त गर्दछौं” ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको