Like us!
Follow us!
Connect us!
Watch us!

४० लाखमा सामुदायिक भवन

सोमबार, २६ कार्तिक २०७५, १० : ५० मा प्रकाशित

४० लाखमा सामुदायिक भवन

अर्थ संसार, बलेवा– जिल्लाको काठेखोला गाउँपालिका–८ का एक युवाको नेतृत्वमा सङ्कलित रकमबाट सामुदायिक भवन निर्माण गरिएको छ ।

उक्त भवनका लागि लेखानीका लालबहादुर रोकाले हजुरबुबा भीमबहादुरको स्मृतिमा रु १२ लाख ४० हजार लगानी गरेपछि लेखानी युके समाजबाट रु १२ लाख, सिङ्गापुरमा बसोबास गर्दै आएका नेपालबाट रु ८७ हजार र स्थानीय सङ्घसंस्थाबाट रु १२ लाख सङ्कलन भएको थियो । भवन निर्माणका लागि स्थानीयवासीले रु ८१ हजार बराबरको श्रमदान गरेका वडाध्यक्ष चित्रकला छन्त्यालले बताउनुभयो ।

व्यक्तिगत रुपमा धेरै रकम सहयोग गर्नुहुने लालबहादुरका हजुरबुबाकै नाममा सो भवन ‘भीमबहादुर रोका स्मृति भवन’नामाकरण गरिएको छ । “गाउँमा आवश्यक पर्ने सबै खाले सामाजिक कामका लागि उपयोग हुने गरी भवन बनाइएको हो । गण्डकी प्रदेशका काङ्ग्रेसका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले सो भवन उद्घाटन गर्नुभएको थियो । भवन निर्माणका लागि यहाँ दलित समुदायले पनि श्रमदान र नगद सहयोग गरेका थिए ।

भवन बनेपछि वडास्तरका सामाजिक कार्यक्रम, आमा समूह, नागरिक सचेतना केन्द्र, वडा नागरिक मञ्चका कार्यक्रम सञ्चालक गर्न सहज भएको छ । यसका साथै उक्त गाउँपालिकाले भूमेचउरमा भ्यूटावरसमेत बनाएको छ । यो टावरबाट लेखानीसहित बिहुँ, रेश र

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको