Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार निराशाजनक, एनवि इन्स्योरेन्स र कर्णाली विकास बैंकका लगानीकर्ताले १० प्रतिशत कमाए

आइतबार, २४ पुस २०७३, १६ : ४७ मा प्रकाशित

सेयर बजार निराशाजनक, एनवि इन्स्योरेन्स र कर्णाली विकास बैंकका लगानीकर्ताले १० प्रतिशत कमाए

अर्थ संसार

काठमाडौं–साताको पहिलो दिन शेयर बजारले लगानीकर्तालाई निराश बनाएको छ । यस दिन बजार झण्डै ७ अंकले ओरालो लागेको छ । कारोबार रकम भने यसअघिको अन्तिम कारोबारको भन्दा केही बढेको छ । 

आइतबार नेप्से ६.६९ अंकले घटेर १४४७.४५ अंकमा बन्द भयो । बजारमा १३१ कम्पनीको ४१ करोड १८ लाख रुपैयाँको शेयर किनबेच भएको छ। यस दिन बैंक अफ काठमाण्डू लुम्बिनिको सेयर किनबेच उच्च रह्यो । यस बैंकको कारोबार कुल अंकको झण्डै एक चौथाइ भयो ।

बजारमा यस कम्पनीको सेयर कारोबार हिस्सा २२ प्रतिशत रह्यो। यस बैंकको ९ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । यसपछि नेपाल लाइफ, सिटिजन्स बैंक हरेकको तीन करोडको हाराहारीमा कारोबार भयो । त्यसपछि उच्च कारोबार हुने कम्पनीमा कुमारी बैंक, प्राइम बैंक, एभरेष्ट बैंक र नेपाल टेलिकम रहे । यी सबै कम्पनीको कारोबार करोडभन्दा माथि रह्यो । 

यस दिन होटल समुह मात्रै हरियो भयो । उक्त समुह ३३.२२ अंकले उकालो लागेको छ । यसबाहेक बैंक ६.८७, विकास बैंक १०.९२, जलविद्युत, ४.४७, वित्त ७.३, बीमा ११.१७ र अन्य ५.२ अंकले घटे । 

घटेको बजारमा समेत एनबी इन्स्योरेन्स र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्किट ब्रेकर लाग्ने गरी झण्डै १० प्रतिशतले कमाएका छन्। त्यसपछि भार्गव विकास बैंक, साझा विकास बैंक, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकलगायतले राम्रो कमाइ गरेका छन् । यस दिन आफ्नो कमाइ गुमाउनेहरुमा मञ्जुश्री फाइनान्स, ज्योति विकास बैक, पोखरा फाइनान्स, सगरमाथा फाइनान्सलगायतका कम्पनीका लगानीकर्ता छन्।

यो पनि पढ्नुहोस्

किन्ने भयो सांग्रिलाले कम्युनिटी र कसमस डेभलपमेन्ट बैंक

टुरिजम् डेभलपमेन्ट बैंकले सुरु गर्यो एकीकृत कारोबार

हुम्लामा होटल व्यवसाय गर्नेदेखि तराईमा आपँ र पोखरामा समग्र कृषि व्यवसाय गर्नेसम्मका आए नयाँ आइडियाहरु​

के हो म्युचुअल फन्ड ?

कस्तो सेयरमा बढी जोखिम हुन्छ ?

के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?

सेयर वा बेचेको रकम समयमै प्राप्त नभए के गर्ने ?

नेप्सेले गर्यो बुल्स रेस, कसको पोल्टामा गयो पुरस्कार ?

बंगुरको मासु कसरी पकाउने ?

संविधान संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचन घोषणा गर्नुपर्ने एमाले महासचिवको भनाइ

नेकपा एमाले सिन्धुली काठमाडौं सम्पर्क मञ्चले गर्यो सम्मा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको