Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँड : १८ लाखभन्दा बढीको आवेदन, मात्र १ लाख ८४ हजार जनाले सेयर पाए

अर्थ संसार

शुक्रबार, २३ फागुन २०८१, ०९ : ०१ मा प्रकाशित

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँड : १८ लाखभन्दा बढीको आवेदन, मात्र १ लाख ८४ हजार जनाले सेयर पाए

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो प्राथमिक सेयर (आईपीओ) बाँडफाँड सम्पन्न गरेको छ। आज (फागुन २३ गते, शुक्रबार) बिक्री प्रबन्धक एनआईएमबि क्यापिटलले लक्की ड्र मार्फत आईपीओ बाँडफाँड गरेको हो। यस आईपीओमा १८ लाखभन्दा बढी लगानीकर्ताले आवेदन दिएका थिए, तर गोलाप्रथाबाट सीमित संख्याका आवेदकलाई मात्र सेयर बाँडफाँड गरिएको छ।

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा कुल १८ लाख १७ हजार १ सय ४८ जनाले आवेदन दिएका थिए। तीमध्ये १८ लाख ६ हजार ७६२ जनाको आवेदन मात्र सदर भएको छ।

माग भन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट मात्र आईपीओ बाँडफाँड गरिएको छ। जसअनुसार १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी सबै आवेदक भने खाली हात परेका छन्।

नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ देखि फागुन १५ गतेसम्म सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको थियो। यसअघि, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्टै आईपीओ जारी गरिएको थियो।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस २५ गते आईपीओ निष्कासनको अनुमति प्रदान गरेको थियो। कम्पनीले कुल २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने योजना बनाएको थियो। प्रति कित्ता सेयरको मूल्य १०० रुपैयाँ निर्धारण गरिएको थियो।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड लघु निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको कम्पनी हो। नेपाल सरकारको कम्पनी ऐन, २०६३ अनुसार दर्ता भएको यो कम्पनी नेपाल बीमा प्राधिकरणबाट अनुमति प्राप्त संस्था हो। यसको मुख्य कार्यालय चितवनको भरतपुर महानगरपालिका–१ मा रहेको छ।

नतिजा हेर्न मिल्ने स्थान

आईपीओ बाँडफाँडको नतिजा केही समयपछि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक एनआईएमबि क्यापिटलको वेबसाइट तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आईपीओ नतिजा हेर्ने पोर्टलमार्फत हेर्न सकिनेछ।

67ca659863dac.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको