नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पाँच करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पूँजी तथा दश करोड रुपैयाँ वा सोभन्दा बढी कारोबार भएका इन्भेष्टमेन्ट कम्पनीहरूलाई बोर्डमा सूचिकृत गर्नुपर्ने निर्णय भएको जानकारी गराएको छ।
बोर्डले मनी लाउन्डरिङ्ग निवारण ऐन, २०६४ को प्रावधानअनुसार नेपाल सरकारले समन्वय समितिको सिफारिसमा यस्तो निर्णय गरेको हो। उक्त कम्पनीहरूले नेपाल धितोपत्र बोर्डमा सूचिकृत हुनका लागि आवश्यक कागजातहरू बुझाउनुपर्नेछ।
नेपाल धितोपत्र बोर्डले सूचिकरणका लागि निम्न कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाएको छ:
नेपाल धितोपत्र बोर्डले २०७८ साल माघ २३ गते पहिलो पटक सूचना प्रकाशन गरेको छ। नेपाल राजपत्रको भाग ५, संख्या ४५ (मिति २०८१/०९/१८) मा प्रकाशित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचनाअनुसार बोर्डले इन्भेष्टमेन्ट कम्पनीहरूलाई नियमन गर्नका लागि यो व्यवस्था लागू गरेको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस