Like us!
Follow us!
Connect us!
Watch us!
आदेशपछि लोकमान पदमुक्त, योग्यता पुगेका ब्यक्तिलाई प्रमुख आयुक्त नियुक्त गर्न परमादेश

सर्वोच्चद्वारा अख्तियारको प्रमुख हुन लोकमानको योग्यता नपुगेको ठहर [ सर्वाेच्चको फैसलाको पूर्ण पाठ ]

आइतबार, २४ पुस २०७३, १८ : ०० मा प्रकाशित

सर्वोच्चद्वारा अख्तियारको प्रमुख हुन लोकमानको योग्यता नपुगेको ठहर [ सर्वाेच्चको फैसलाको पूर्ण पाठ ]

अर्थ संसार

काठमाडौं–सबोच्च अदालतले लोकमानसिंह कार्की अख्तियार प्रमुख हुन अयोग्य रहेको ठहर गरेको छ । लामो समयदेखि चर्चामा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त कार्कीको अयोग्यतासम्बन्धी मुद्दाको सर्वोच्चले आइतबार फैसला गर्दै उक्त ठहर गरेको हो । फैसलापछि कार्की पदमुक्त भएका छन् ।

सवोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजशासले अख्तियार प्रमुख हुन लोकमान सिंह कार्कीको योग्यता नपुगेको ठहर गरेको हो । ।

सर्वोच्चले ‘प्रचलित नेपालको अन्तरिम संविधानको धारा ११९ को उपधारा ५ को देहाय (ग) र (ङ) बमोजिम योग्यता नभएको व्यक्ति लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्त पदमा नियुक्त गर्ने गरी भएको सवैधानिक परिषद्को २०७०२२ निर्णय, सोसिफारिस बमोजिम राष्ट्रपतिबाट गरिएको नियुक्ति र प्रधानन्यायाधीशबाट कार्कीलाई गराइएको प्रमुख आयुक्त पदको सपथलगायत निजलाई नियुक्त गर्दाका सन्दर्भमा भएका काम कारबाहीहरु उत्प्रेषणको आदेशद्धारा बदर हुने गहर्छ ।’

कार्कीको नियुक्ती बदर गरेपछि सर्वोच्चले योग्यता पुगेकालाई अख्तियार प्रमुखमा नियुक्त गर्न संवैधानिक परिषद् र राष्ट्रपति कार्यालयको नाममा परमादेशसमेत जारी गरेको छ । कार्कीको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्त ओमप्रकाश अर्यालले सवोच्चमा पुनरावलोकनको रिट दायर गरेका थिए । 

58722f7366903.jpg 58722f75e2a27.jpg 58722f7916070.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको