अर्थ संसार, काठमाडौँ– महाकाली स्पोर्टस सोसाइटी र नेपालय इण्टरनेशनल इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा प्राइम टाइम्स टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट प्रतियोगिता माघमा हुने भएको छ ।
आगामी माघ १ देखि १० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल, भारत र श्रीलङ्काका क्लब गरी तीन टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महाकाली स्पोर्टस सोसाइटीका अध्यक्ष सुमन भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा नेपालबाट महाकाली स्पोर्टस क्लब, श्रीलङ्काको कन्दुकार र भारतको सिडब्लुटी क्लबले भाग लिनेछन् । करीब रु ८० लाखसम्म खर्च लाग्ने उक्त प्रतियोगिताको पुरस्कार कति दिने भन्ने विषयमा छलफल हुन बाँकी रहेको आयोजकले जनाएको छ ।
नेपाली टोलीको चयनमा विभिन्न उत्कृष्ट ४० खेलाडीलाई क्याम्पमा राखेर छनोट गरिने आयोजकले बताएको छ । जसमा १४ खेलाडीसहित चार वैकल्पिक खेलाडी छनोट गरिनेछ । प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस