Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार दोहोरो अंकले उकालो, समग्र कारोबार भने झनै ओरालो

सोमबार, २५ पुस २०७३, १७ : २५ मा प्रकाशित

सेयर बजार दोहोरो अंकले उकालो, समग्र कारोबार भने झनै ओरालो

अर्थ संसार

काठमाडौं– साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले बढे पनि कारोबार रकम भने निकै घटेको छ । बजार साँढे ११ अंकले बढेको छ भने कारोबार रकम भने २६ करोड ४५ लाख रुपैयाँको मात्रै भएको छ । दिनभरीमा ११७ कम्पनीको २६ करोड ४५ लाख रुपैयाँको मात्रै किनबेच भएको छ।

यस दिन सबैभन्दा बढी रकमको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ। त्यसपछि कुमारी बैंकको कारोबार भयो । नेपाल लाइफको २ करोड ८८ लाख रुपैयाँ र कुमारीको १ करोड ७१ लाख रुपैयाँको कारोबार भएको हो । 

अघिल्लो दिनजस्तै सबैभन्दा बढी कमाउने दुई कम्पनीमा कर्णाली विकास बैंक  र एनबि इन्स्योरेन्स परेका छन् । दुवै कम्पनीको मूल्य करिब १० प्रतिशतले बढ्ेको छ । 

लामो समयपछि सेयर कारोबार खुलेको महालक्ष्मी विकास बैंकको मूल्य भने करिब १० प्रतिशतले घट्ेको छ । यस दिन सबैभन्दा बढी गुमाउने महालक्ष्मीकै लगानीकर्ता भए । यस बैंकले एकिकृत कारोबार थालेपछि सेयर कारोबार खुलेको हो । 

बढेको बजारमा होटल र विकास बैंक उपसूचक घटेका छन् । यस दिन बैंकिङ ११ं०३, वित्त ४.९६, बिमा १४७.८३, हाइड्रोपावर ९.९३,  र अन्य उपसूचक २.८९ अंकले हरिया भएका छन् । 

यी विषय पढ्न छुटाउनु भयो कि ? 

तपाईं सरकारले बनाउने विद्युत आयोजनामा लगानी गर्ने हो ? यो फर्म भर्नुस्

के हो केन्द्रीय निक्षेप प्रणाली ?

अलटिमेट हाई टेकले माग्यो ३६ जना कर्मचारी

होङ्सी शिवम् सिमेन्टमा कर्मचारीको आवश्यकता

स्वाबलम्बनमा दुई नयाँ संचालक नियुक्त

सूचिकृत कम्पनीलाई बर्गिकरण गर्न नेप्सेले माग्यो विवरण

बाल्यकालमै दुवै गोडा गुमाएर जीउनु पर्दा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको