दोर्दी खोला जलविद्युत लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछ, जसअन्तर्गत १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर पाइनेछ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो। यसबाट कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।
हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुकक्लोज गरिसकेको छ। यस आधारमा फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। हकप्रद सेयरमा चैत १९ गतेदेखि बैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ।
इक्रा नेपालले दोर्दी खोलालाई इक्रा एपी इस्यूअर रेटिङ्ग ‘B+’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले सानिमा बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाहरूबाट पनि आवेदन दिन सकिन्छ। अनलाइन माध्यमबाट मेरो सेयर प्रयोग गरी सि-आस्वा प्रणाली मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस