Like us!
Follow us!
Connect us!
Watch us!

बजार मंगलबार पनि दोहोरो अंकले बढ्यो, कुन कुन कम्पनीले कमाए ?

मंगलबार, २६ पुस २०७३, १५ : ५२ मा प्रकाशित

बजार मंगलबार पनि दोहोरो अंकले बढ्यो, कुन कुन कम्पनीले कमाए ?

अर्थ संसार

काठमाडौं–सेयर बजार मंगलबार पनि दोहोरो अंकले बढेको छ । यस दिन बजार १.२३ प्रतिशतले बढेर १४७७ अंकमा पुगेको छ । बजार १७.९३ अंकले बढेको हो । बजारमा यस दिन १ सय २६ कम्पनीको ५ लाख ८७ हजार ६सय २ कित्ता सेयर किनबेचबाट ३७ करोड ३२ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ ।

दोहोरो अंकले बढेको बजारमा होटल र अन्य समुह घटेका छन् यी समुह क्रमशः १२.४१ र १.४५ अंकले घटेका हुन् । बैंकिङ १८.९३, विकास बैंक १०.२१, जलविद्युत २०.८९, वित्त ७.८९, बीमा १६८.८४ र उत्पादन ०.३४ अंकले बढेका छन् ।

यस दिन एनवि इन्स्योरेन्सको सबैभन्दा ठूलो कारोबार भएको छ । उक्त कम्पनीको ४ करोड ३७ लाख रुपैयाँको कारोबार भएको हो । यसपछि उच्च कारोबार भोलिदेखि एफपिओ निस्कासन गर्न लागेको नेपाल लाइफ इन्स्सोरेन्स कम्पनीको भएको छ । उक्त कम्पनीको ३ करोड ४१ लाखको कारोबार भएको छ । यस दिन पनि उच्च दरमा कमाउने एनवि इन्स्योरेन्सकै लगानीकर्ता भएका छन् ।

यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । दोस्रो उच्च कमाइ गर्ने कर्णाली विकास बैंकका लगानीकर्ता छन् । यस बैंकका लगानीकर्ताले ९.७३ प्रतिशतले कमाएका छन् । यसपछि पोखरा फाइनान्स, नेपाल ग्रामीण विकास बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, वमी माइक्रोफाइनान्सलगायतका कम्पनीका लगानीकर्ताले उच्च कमाइ गरेका छन् । बढेको बजारमा समेत महालक्ष्मी विकास बैंक, पूर्णिमा विकास बैंकलगायतका संस्थाका लगानीकर्ताले उच्च दरमा गुमाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको