बैंकको व्याजदर बढेसँगै शेयर लगानीकर्ता चिन्तित्, के भन्छन् त शेयर विश्लेषकहरु ?
शुक्रबार, २१ मंसिर २०७५, १२ : ४५
मा प्रकाशित
अर्थ संसार, काठमाडौं– बैंकर्स संघको बैठकले निक्षेपको व्याजदर निर्धारण गर्नमा कुनै हस्तक्षेप नगर्ने निर्णय गरेसँगै वाणिज्य बैकहरुले धमाधम बढेको व्याजदर सार्वजनिक गर्न थालेका छन् । वाणिज्य बैंकहरुले १३ प्रतिशतसम्म व्याजदर दिने घोषणा गरेका छन् ।
व्याजदर र शेयर बजारको जहिले पनि उल्टो सम्बन्ध हुने गर्दछ । अहिले व्याजदर बढेका कारण बजार घटेको लगानीकर्ताहरुको भनाइ छ । निक्षेपमा व्याजदर बढाएपछि लगानीकर्ताहरु सो त तर्फ आकर्षित भएका छन् ।
यसका साथै निक्षेपको व्याजरद बढेसँगै कर्जाको व्याजदर बढ्ने कुरमा लागनीकर्ताहरु त्रसित भएका छन् । फलस्वरुप शेयर बजार प्रभावित हुन पुगेको छ । निरन्तर ओरालो लागेको बजार यस साताको सामेबार र मंगलबार केही बढेपछि लगानीकहरुले बजारको अव सकारात्मक गति लिने अपेक्षा गरेका थिए ।
तर, बैकहरुले व्याजदर बढाएपछि बजार घट्न दबाब पुगेको छ । मंगलबार बैकर्स संघले गरेको निर्णयले बैंकहरुविच अस्वस्थ्य प्रतिस्पर्धा सिर्जना भई आगामि दिनमा शेयर बजारलाई प्रभावित पर्न सक्ने शेयर विश्लेषकहरुको भनाईछ ।
के भन्छन त शेयर विश्लेषकहरु ?
राजु पौडेल
शेयर बजार बैंकको ब्याजदरको सम्बन्ध विपरीत हुन्छ । जब जब बैंकले बचतको ब्याजदर बढाउन सुरु गर्छ्न तब तब शेयर बजार घटने गर्दछ । यो विश्व बजारमै देखिन समस्या हो । नेपालका बैंकहरुमा विगत तीन बर्षदेखि तरलताको समस्या देखिरहेको छ ।
अझ यो समस्या कार्तिक देखि सुरु भएको पाइन्छ । जब मिति २०७५/०८/१८ को दिन बैंकर संघले बैंकहरुलाई आफू खुशी बचतको ब्याजदर निर्धारण गर्न पाउने भनेर निर्णय गर्यो । त्यस पछि बैंकहरुले १२–१३ % बचतमा ब्याज दिने अफर ल्याए त्यसको प्रत्येक्ष असर हिजोको शेयर बजारमा देखियो हिजो करिव २२ अंकले बजार घटयो । यदि बैंकहरुले यसरी नै बचतको ब्याजदरमा होडबाजी गर्ने हो भने शेयर बजार ध्वस्त हुन सक्छ । यस बारेमा नियामक निकायले तुरुन्तै ध्यान दियोस ।
नरेन्द्र चुदाली
बैंकर्श संघले ब्यक्तिगत निक्षेपमा लगाइएको ब्याजदरको सिमा हटाएपछि मुद्दतिमा ब्याजदर बढाउने प्रतिस्पर्धा तीब्र बन्दैछ। लगानी योग्य रकमको संकट अन्त्यको उपाय स्वरुप बैंकहरुले निक्षेपमा ब्याजदर बढाएर बजारमा रहेको तरलता बैंकमा तान्न खोजेपनी यो उचित र परिपक्व उपाय होइन। यसले सबैभन्दा गम्भीर असर शेयर बजार देखिने निश्चित छ।
समाचार बाहिरिन साथ बजार तीब्र रुपमा ओरालो लाग्ने क्रम सुरु भइसकेको छ। पछिल्लो समय बजार कमजोर हुनुको मुख्य कारण भनेको अधिक आपूर्ति र चर्को ब्याजदर रहेको थियो। त्यस्तो परिस्थितिमा ब्याजदर वृद्धिमा देखिएको यो प्रतिस्पर्धाले बजार स्वभाविक रुपमै कमजोर हुनेछ। तरलता सहज बनाउने अरु नै बैकल्पिक उपायहरु खोज्न सकिन्छ। सरकारले पनि प्रदेशमा जाने बजेट लाई वाणिज्य बैंकमार्फत पठाउने तयारी थालेको छ।
त्यसबाट पनि तरलता अभाव केही सहज हुन सक्छ। राष्ट्र बैंकले पनि तरलता संकट निवारणको निम्ति कदम चाल्नु जरुरी छ। यसरी तरलता सहज गराउने नाममा दिन प्रतिदिन ब्याजदर बढाउने प्रतिस्पर्धा चल्दा शेयर बजार त संकट मा पर्छ नै त्यसको अलावा अन्य ब्यापारीक तथा औद्योगिक क्षेत्रपनि प्रभावित हुने सम्भावना रहन्छ।
बैंकले चर्को ब्याजदरमा निक्षेप संकलन गरिसकेपछी उनिहरुबाट प्रभाह हुने कर्जाको ब्याजदर पनि स्वभावत चर्को नै हुन्छ। यसले समग्र रुपमा राष्ट्रिय उत्पादनको मुल्यमा वृद्धि गर्छ। र पैसाको मूल्य कमजोर हुन्छ।
यसबाट समग्र राष्ट्रिय अर्थतन्त्रलाई नै असर पर्ने प्रबल सम्भावना रहन्छ। हाम्रो बजार खाध्य बस्तुको मुल्यमा सामान्य वृद्धि हुदा त जनताको क्रयशक्तिमा प्रभाव पर्छ भने समग्र रुपमा पुजि निर्माण गर्ने एउटा महत्त्वपूर्ण औजारको रुपमा रहेको निक्षेपको ब्याज वृद्धिले सबै पक्षलाई असर पुर्याउछ। त्यसकारण सबै पक्ष गम्भीर हुनु जरुरी छ। यहि अबस्था कायम रहे बजार दुर्घटना तर्फ नजाला भन्न सकिँदैन।
Bishnu Prasad Basyal
It seems that banks are in immense pressure to raise deposit rates due to CD ratio. If this competition enlogated then there will be pressure on profit and loss account. Their earning capacity will hit hard. It will ultimately impact the capital market too. There is only solution for this kind of mess. That NRB should ask banks to go for forced merger and acquisition. So that number of commercial banks can be reduced to 10-12. In our country we don't need more than 10-12 commercial banks.
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस