बैंक तथा वित्तीय संस्थाहरू आवासीय कर्जा प्रवाहमा केन्द्रित भएका छन् । नेपाल राष्ट्र बैंकले आवासीय कर्जामा उदार नीति लिएकाले बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत घरकर्जा बढाएका हुन् ।
चालु आर्थिक वर्षको ५ महिनामा वाणिज्य बैंकहरुले ब्यक्तिगत घर बनाउनका लागि ३ खर्ब १९ अर्ब ८१ करोड ४२ लाख लगानी गरेका छन् ।यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५.१९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ५ महिनामा वाणिज्य बैंकहरुले ३ खर्ब ४ अर्ब ३ करोड ५३ लाख लगानी गरेका थिए ।
कुन बैंकको कति ?
बैंकिङ क्षेत्रमा सबैभन्दा बढी घरकर्जा प्रवाह गर्ने एनआईसी एसिया बैंक रहेको छ । बैंकले ५३ अर्ब ९६ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो ।
दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । ५ महिनामा ग्लोबल आइएमई ३६ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको हो । यस्तै, यो अवधिमा नबिल बैंकले ब्यक्तिगत घर कर्जा मार्फत २६ अर्ब ८८ करोड ५७ लाख ,राष्ट्रिय वाणिज्य बैंकले २६ अर्ब ४९ करोड ५७ लाख, एभरेष्ट बैंकले २२ अर्ब ७२ करोड, लक्ष्मी सनराइज बैंकले १८ अर्ब, एनएमबि बैंकले १६ अर्ब २६ करोड, प्रभु बैंकले १३ अर्ब ५२ करोड रुपैयाँ घरकर्जा प्रवाह गरेको गरेका छन् ।
यसैगरी, सिद्धार्थ बैंकले १२ अर्ब ९३ करोड, कुमारी बैंकले १२ अर्ब ७० करोड, कृषि विकास बैंकले ११ अर्ब १६ करोड, सिटिजन बैंकले १० अर्ब ३३ करोड, नेपाल बैंकले १० अर्ब १४ करोड, सानिमा बैंकको ९ अर्ब १९ करोड, स्टान्डर्ड चाटर्डको ८ अर्ब ७९ करोड, प्राइम बैंकले ८ अर्ब ३० करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले ७ अर्ब ५६ करोड, माछापुच्छ्रे बैंकले ६ अर्ब ३५ करोड, हिमालय बैंकले ५ अर्ब ४ करोड र नेपाल एसबिआई बैंकले २ अर्ब ३५ करोड रुपैयाँ घरकर्जा प्रवाह गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस