अर्थ संसार, काठमाडौँ– खाना पकाउन आयातित एलपी ग्यासको निर्भरतासँगै व्यापार घाटामा वृद्धि र वातावरणीय प्रकोपको समस्यालाई न्यूनीकरण गर्न इण्डक्सनलगायत विद्युतीय चुलोको प्रवद्र्धन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
वार्षिक झण्डै १३ अर्ब रुपैयाँको एलपी ग्यास आयात हुने गरेको र वर्षेनी २१ प्रतिशतका दरले वृद्धि भइरहेको अवस्थामा भएको खपत कम गर्न स्वदेशमा उत्पादन हुने विद्युत्बाट खाना पकाउने र उद्योगधन्दा स्थापना गर्न सकिने भएकाले राज्यले स्थायी नीति र मापदण्ड निर्धारण गर्नुपर्ने विज्ञहरुको सुझाव रहेको छ ।
इन्डक्सनलगायत विद्युतीय चुलोको मापदण्डको मस्यौदामाथि छलफल गर्न नेपाल ऊर्जा फाडण्डेशनले आज यहाँ आयोजना गरेको कार्यशालाका सहभागीहरुले पहिलो पटक बनाउन लागिएको मापदण्डलाई कार्यान्वयनमा ल्याउन सरकारले पहल गर्नुपर्ने धारणा राखेका छन् ।
‘क्लिन कुकिङ एलायन्स’ ९सिसिए० को सहयोगमा गुणस्तर तथा नापतौल विभागको सहकार्यमा फाउण्डेशनले तर्जुमा गरेको सो मापदण्डमा विद्युत्को उत्पादन बढेसँगै त्यसबाट खाना पकाउने चुलो कस्तो हुनुपर्ने, कसरी घरायसी तहमा पु¥याउने अन्तर्राष्ट्रिय अनुभव के कस्ता छन् रु यसबाट उपभोक्तादेखि राज्य तहमा पुग्ने फाइदाका बारेमा विस्तृत जानकारी दिएको छ ।
मापदण्ड तर्जुमा मस्यौदाकार सुवर्ण कपाली, महेश आचार्य, र नवराज सञ्जेलले मापदण्डमा उल्लेखित प्रावधानको बारेमा प्रकाश पार्नुभएको थियो । सो अवसरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कामु कार्यकारी निर्देशक नवराज ढकालले सरकारको सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य हासिल गर्न तथा दिगो विकास लक्ष्य, सन् २०२२ सम्म स्वच्छ ऊर्जाको पहुँच पु¥याउन विद्युतीय चुलोको प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।
गुणस्तरीय तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले पर्याप्त गुणस्तरीय र सुलभ विद्युत् सेवाको पहुँच बढाउन सकिए विद्युतीय चुलोलाई देशमा विस्तार गर्न मापदण्डको कार्यान्वयन गरिन्छ भन्नुभयो ।
सिसिएका निरजा पनुमेट्छा र राष्ट्रिय प्रतिनिधि करुणा बज्राचार्यले एलपी ग्यास भन्दा विद्युतीय चुलो निकै सस्तो पर्ने भएकाले यसको प्रवद्र्धनका लागि मापदण्ड निर्धारण र त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
फाउण्डेशनका कार्यकारी निर्देशक डिल्ली घिमिरे, प्राडा अमृत नकर्मी, सामुदायिक ग्रामीण विद्युत् महासङ्घका रामकृष्ण हुमागाईंलगायतका वक्ताहरूले विद्युत्को पर्याप्त सम्भावना भएको मुलुकमा आयोजित ग्यासलाई प्रतिस्थापित गरी विद्युतीय चुलोको प्रवद्र्धन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
–––
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस