Like us!
Follow us!
Connect us!
Watch us!

सभामुखप्रति हर्कको विश्वास– प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउने आदेश दिनुहुनेछ

अर्थ संसार

मंगलबार, ०२ असार २०८३, १२ : ३४ मा प्रकाशित

सभामुखप्रति हर्कको विश्वास– प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउने आदेश दिनुहुनेछ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्ति तत्काल सच्याउन माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूहरूको आन्दोलन निरन्तर जारी रहेको बताएका हुन्। साथै, उनले उक्त अभिव्यक्ति संसदीय मर्यादाविपरीत रहेको भन्दै सभामुखले त्यसलाई अभिलेखबाट हटाउन निर्देशन दिनुपर्ने माग गरे।

उनले भने, ‘हाम्रो आन्दोलन सधैँ नै छ। हामी आशा गरिरहेका छौँ त्यो अभिव्यक्तिलाई रेकर्डबाट हटाउने आदेश दिनुहुनेछ। हाम्रो भौगोलिक अखण्डताको रक्षार्थ तपाईँ उभिनुहुनेछ भन्ने विश्वास लिएका छौँ।’

यस्तै, उनले महिनौँदेखि माइतीघरमा अनशनमा रहेकाहरूको माग सम्बोधन गर्न माग गरे। उनले भने, ‘हाम्रो गृह मन्त्रीज्यू, अत्यन्तै क्विक एक्सन पनि लिनुहुन्छ, उहाँ आफैँ फिल्ड भिजिटमा जानुभएको थियो र त्यो माइतीघरमा बसिरहेकाहरूको माग सम्बोधन गरियोस्।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको