गणपति माइक्रोफाइनान्सको दोस्रो बार्षिकोत्सव : ४५ बृद्धालाई खाना, १८ बटुकलाई शैक्षिक सामग्री वितरण (फोटोफिचर)
सोमबार, २४ मंसिर २०७५, १३ : २१
मा प्रकाशित
अर्थ संसार, काठमाडौं– गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सोमबार आफनो दोस्रो वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको उपलक्ष्यमा वित्तीय सस्थाले राधा कृष्ण वृद्धा आश्रममा रहेका ४५ जना वृद्धा आमा, बुवा तथा १८ जना गुरुकुलका बटुकहरुलाई खाना खुवाई, प्रत्येक बटुकहरुलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ ।
यस वित्तीय संस्थाले १४ जिल्लामा २४ वटा शाखा कार्यालयहरु मार्फत जम्मा ११,७८५ घर परिवारमा वित्तीय सेवा पुर्याई रहेको र लगानीमा रहीरहेको कर्जा रकम ६३ करोड ७० लाख रहेको छ । साथै वित्तीय संस्थाले हाल सम्म रु १६ करोड ७० लाख बचत संकलन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस