Like us!
Follow us!
Connect us!
Watch us!

नेगेटिभ नेटवर्थ भएका कम्पनीको आईपीओ तत्काल रोकिन्छ : सेवोन अध्यक्ष भट्ट

अर्थ संसार

सोमबार, २२ असार २०८३, १६ : ०१ मा प्रकाशित

नेगेटिभ नेटवर्थ भएका कम्पनीको आईपीओ तत्काल रोकिन्छ : सेवोन अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्ट र विभिन्न लगानीकर्ता संघहरूबीच पूँजीबजारको वर्तमान अवस्था र सुधारका सम्बन्धमा छलफल भएको छ । पूँजी बजारका विभिन्न लगानीकर्ता संघका प्रतिनिधिहरुसँगको छलफलमा बोर्डका अध्यक्षले लगानीकर्ताका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन् । 

भेटमा पूँजीबजारलाई पारदर्शी र व्यवस्थित बनाउन निम्न बुँदाहरूमा केन्द्रित भई छलफल भएको छः

१) धितोपत्र बोर्डले पूँजीबजार सुधारको लागि भिजन पेपरको तयारी गरी काम गरिरहेको जस्तै बजारलाई थप पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने,

२) नेगेटिभ नेटवर्थ भएका कम्पनीको आईपीओ  तत्काल रोक्ने र बुक बुल्डिङ र प्रिमियुमको बारेमा भएका आईपीओ निष्काशनमा गम्भीर अध्ययन भइरहेक, 

३) बोर्डमा धितोपत्र बजारको गुनासो लिएर लगानीकर्ताहरु बोर्डमा आउन नपर्ने गरी काम हुने,

४) धितोपत्र बोर्डले नीतिहरु बनाउँदा सरोकार वालाहरुको सहभागितामा छलफल गरेर नीतिहरु बनाउने, 

५) बजारमा नकारात्मक हल्ला गर्ने, सामाजिक सञ्जालमा बजारको बारेमा हल्ला गर्ने र उचित प्राविधिक विश्लेषणको नाममा इन्साइडर को भूमिका खेल्ने माथि नियमन गर्ने, 

६) प्रि आईपीओको नाममा भएको चलखेल तत्काल रोकी आवश्यक कारवाही गर्ने, 

७) मार्केट मेकर, डिलर, र म्युचुअल फण्डले उद्देश्य अनुसार काम गरे नगरेको निगरानी गर्ने र ब्रोकर लाइसेन्स खुल्ला राख्ने, 

८) पूँजीगत लाभ करलाई अल्पकालीन, मध्यम र दीगो अवधिको सम्बन्धमा अर्थ मन्त्रालयसँग समन्वय गर्ने साथै डिम्याट डीपी चार्जमा पुनरावलोकन गर्न समन्वय गर्ने, र साथै कम्पनीको सेयर स्थापन रेसियोमा अध्ययन गरी ५१ः४९ कायम गर्नेमा अध्ययन गर्ने । 

छलफलमा नेपाल सेयरधनी संघ, जनरल इन्भेस्टर्स एशोसिएशन, नेपाल सेयर बजार लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको