कुशुम मिडिया प्रालिद्वारा सञ्चालित अर्थ संसार डटकमको सम्पादकमा भावना अवस्थी नियुक्त भएकी छिन् । कुशुम मिडिया प्रालिको सोमबार बसेको सञ्चालक समितिको बैठकले अवस्थीलाई अर्थसंसारको सम्पादक नियुक्त गर्ने निर्णय गरेको हो ।
समितिले साउन १ गतेदेखि लागू हुने गरि उनलाई सम्पादकको जिम्मेवारी तोकेको हो । करिब एक दशकदेखि आर्थिक पत्रकारितामा सक्रिय अवस्थी विगत ३ वर्ष देखि अर्थसंसारमै कार्यरत थिइन् ।
आफूलाई नयाँ जिम्मेवारी दिने सञ्चालक समितिलाई धन्यबाद दिदै नवनियुक्त सम्पादक अवस्थीले आम पाठक र स्रोतको चाहाना अनुसार अर्थसंसारलाई थप उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेकी छन् । ‘मलाई जिम्मेवारी सुम्पेकोमा सञ्चालक समितिलाई धन्यवाद, पाठक र स्रोताको चाहाना अनुसारका सामग्रि प्रकाशन प्रसारणमा मेरो विशेष ध्यान रहने छ,’ उनले भनिन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस