Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको एजिएम आज, शेयरधनीलाई १०% बोनस

बुधबार, ०४ पुस २०७५, ०८ : १८ मा प्रकाशित

एनआईसी एशिया बैंकको एजिएम आज, शेयरधनीलाई १०% बोनस

अर्थ संसार, काठमाडौं– एनआईसी एशिया बैंकले बुधवार (पुस ४ गते) २१औं वार्षिक साधारणसभा आयोजना गर्दै छ । सो सभा हेरिटेज गार्डेन, सानेपा, ललितपुरमा बिहान ९ बजे शुरू हुनेछ ।

बैंकले सो सभामा १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतको प्रस्ताव छलफलमा लैजादै छ । साधारणसभा प्रयोजनका लागि बैंकले मङ्सिर १९ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।

यसको आधारमा मङ्सिर १८ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरूले सभामा सहभागी भई लाभांशको हकदार हुन सक्छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको