Like us!
Follow us!
Connect us!
Watch us!
बजारको नगद नेपाललाईको एफपिओमा गएको आशंका

बजार सामान्य उकालो, कारोबार रकम भने ओरालै

विहीबार, २८ पुस २०७३, १७ : ५० मा प्रकाशित

बजार सामान्य उकालो, कारोबार रकम भने ओरालै

अर्थ संसार
काठमाडौं–साताको अन्तिम बिहीबार सेयर बजार केही सकारात्मक देखिएको छ । बजार सामान्य बढेर बन्द भएको छ । कारोबार रकम भने घटेको छ ।दिनभर उकालो–ओरालो चालमा रहेको बजार अन्तिम बेला ३.३५ अंकले बढेर बन्द भएको हो ।

बजार १४७९.८६ अंकमा थामिएको छ । कारोबार रकम भने ३२ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम चार करोड रुपैयाँले घटेको हो । बजारमा लगानी गर्ने नगद नेपाल लाइफको एफपिओमा गएकाले कारोबार रकम घटेको अनुमान गरिएको छ । यसदिन १ सय २० कम्पनीको ३कारोबार भएको छ । 

सामान्य बढेको बजारमा होटल र अन्य समुह भने घटेका छन् । बिहीबार मात्रै ३८ प्रतिशत बोनस प्रस्ताव गरेको लक्ष्मी बैंकको सेयर किन्नेहरु बढेका थिए । लक्ष्मीको सेयर मूल्यसमेत ५८ रुपैयाँले बढेको छ । 

यस दिन उच्च कारोबार कुनै कम्पनीको नभइ सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ को भयो । यस म्य चुअल फन्डको ४ करोड ९४ लाख रुपैयाँको इकाइ किनबेच भएको थियो । त्यसपछि दोस्रो उच्च कारोबार हुनेमा लक्ष्मी बैंक रह्यो । आजै ३८ प्रतिशत बोनस प्रस्ताव गरेको बैंकको सेयर मूल्यसमेत बढेर ३ करोड ७७ लाख रुपैयाँको कारोबार भयो । यसपछि उच्च कारोकार गर्नेमा ३० प्रतिशत हकप्रद सेयर प्रस्ताव गर्ने सिद्धार्थ बैंक र एफपिओ खुल्ला गरेको नेपाल लाइफ रहे । दुवैको डेढ करोडभन्दा बढीको कारोबार भएको छ । 

सेयर कारोकार खुलेको दोस्रो दिन खानिखोला हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । खानीखोलाको सेयर मूल्य सर्किट ब्रेकर लाग्ने गरी १० प्रतिशतले बढेको छ । त्यसपछि ग्रिन डेभलपमेन्ट बैंक र लक्ष्मी बैंकको सेयर मूल्य आठ प्रतिशतभन्दा बढिले बढेको छ । यसपछि उच्च कमाउनेमा ललितपुर फाइनान्स र अरुण फाइनान्स छन्।सामान्य बढेको बजारमा गुमाउनेमा बिहीबारै बुक क्लोज गरेको कर्णाली विकास बैंक, मञ्जुश्री फाइनान्स, एनवि इन्स्योरेन्सलगायतका कम्पनी छन् । 

पनि पढ्नुहोस्

लोकसेवाले माग्यो ४ सय ५६ जना नायव सुब्बा [विज्ञापनसहित]

लाभांश घोषणामा विकास बैंक अगाडि, कसको कति ? (सूचीसहित)

नेपाल लाइफको एफपिओमा पहिलो दिन ३ अर्बको आवेदन, कहाँ कहाँ भर्न पाइन्छ ?

सिद्धार्थले तोक्यो बुक क्लोज, साधारणसभामा ३० प्रतिशत हकप्रद दिने प्रस्ताव लैजाने

लक्ष्मी बैंकको बम्पर बोनस, ३८ प्रतिशत प्रस्ताव

दाना सवस्टेशन निर्माण तिब्र गतिमा

सुन तस्करीमा सघाएको आशंकामा दुई भन्सार अधिकृत पक्राउ

आस्बामा फागुनदेखि वित्तीय संस्थालाई पनि सामेल गरिने

युवा युद्यमीले प्रस्तुत गरे आफ्ना बिजेनस आइडिया, सफल ब्यवसायी लगानी गर्न इच्छुक

कसमसको ९ प्रतिशत सेयर साधारणमा परिणत, २२.६प्रतिशत बोनस पारित

सिन्धुली महोत्सव साँढे १० लाख नाफामा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको