Like us!
Follow us!
Connect us!
Watch us!

शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर पूर्ण छुट दिने सरकारको निर्णय

अर्थ संसार

बुधबार, ०६ साउन २०८३, १६ : ४९ मा प्रकाशित

शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर पूर्ण छुट दिने सरकारको निर्णय

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता कर पूर्णरूपमा छुट दिने निर्णय गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले उक्त शुल्क छुट दिने निर्णय गरेको प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

चालू आर्थिक वर्षको बजेटमा घोषणा गरिएको समता कर साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो । चौतर्फी विरोधपछि प्रधानमन्त्री वालेन्द्र शाहले कर खारेजीको घोषणा गरेका थिए ।

आर्थिक ऐन २०८३ को दफा १६ बमोजिम लगाइएको शिक्षा समता शुल्क र दफा १७ बमोजिम लगाइएको स्वास्थ्य समता शुल्कमा आर्थिक ऐनको दफा १८ को (१०) बमोजिम पूर्ण रूपमा छुट दिनेबारे आज अर्थमन्त्रीले प्रस्ताव लगेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको