अर्थ संसार
काठमाडौं– महानगरीय प्रहरी बत्त बालाजुले १५ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । ना १ झ ४९६४ नम्बरको टाटा सुमो गाडीमा रसुवाबाट लकाइ छिपाइ ल्याएको १५ किलो सुनसहित भक्तपुरका गाडी चालक रविन्द्र भुजेल पक्राउ परेको काठमाडौं परिसरका निमित्त प्रमुख एसपी प्रद्युम्न कार्कीले बताए ।
यस अघि पनि त्रिभुवन विमानस्थल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले युएइबाट नेपाल ल्याइँदै गरेको साढे ३३ किलो सुन बरामद गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस