Like us!
Follow us!
Connect us!
Watch us!

ऊर्जा क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रको साझेदारी जरुरी–उपराष्ट्रपति

शुक्रबार, ०४ माघ २०७५, १७ : ०४ मा प्रकाशित

ऊर्जा क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रको साझेदारी जरुरी–उपराष्ट्रपति

अर्थ संसार, काठमाडा–  उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धिको आधारको रुपमा रहेको नेपालको ऊर्जा क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रको संयुक्त साझेदारी जरुरी रहेको आवश्यकता औल्याउनु भएको छ ।

आजदेखि यहाँ सुरु भएको दोस्रो हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्दै उहाँले नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि लगानीको त्यत्तिधेरै समस्या नभएपनि नीतिगत रुपमा केही सुधार तथा समयानुकूल बनाउनुपर्नेमा जोड दिनुभयो ।

विगतमा अत्यासलाग्दो विद्युत्भार कटौतीको युग अन्त्य भएर नेपाल नयाँ उज्यालो युगमा प्रवेश गरेको भन्दै उहाँले ठूलो मात्रामा रहेको व्यापार घाटा अन्त्य गर्न पनि ऊर्जाको क्षेत्रमा केही न केही नयाँ गर्नैपर्ने अवम्स्थामा आइपुगिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो ‘ उज्यालो नेपालको प्रक्रिया अगाडि बढेको भएपनि वर्षेनी भारतबाट विद्युत् आयातको मात्रा बढ्दा त्यसले व्यापार घाटा बढाउँदै गएको छ । त्यसलाई नियन्त्रण गर्न पनि ऊर्जा क्षेत्रमा लगानी बढाउनु जरुरी छ । पेट्रोलियम पदार्थको आयात कम गर्ने उपाय पनि जलविद्युत् क्षेत्रको विकास नै हो । त्यसतर्फ लाग्नै पर्छ ।’

ऊर्जा क्षेत्रको विकास र विस्तारबाट मात्रै औद्योगिकीकरण सम्भव भएको भन्दै उहाँले पेट्रोलियम पदार्थ र खान पकाउने ग्याँसको विस्थापन गर्न पनि विद्युत् नै उपयुक्त साधन भएको बताउनुभयो ।

उहाँले अब हरेक घरमा विद्युतीय उपकरणबाट खाना पकाउने प्रणाली जडानमा जोड दिनुपर्ने र विद्युतीय सवारी साधानको प्रवद्र्धनमा लाग्नुपर्ने र सरकारले आफ्ना नीति तथा कार्यक्रम पनि त्यसतर्फ केन्द्रीत गर्नुपर्ने सुझाव दिनुभयो ।

लोडसेडिङ अन्त्यका प्रमुख कुलमान घिसिङ सम्मानित (फोटोफिचर)

उहाँले विकास निर्माणको काममा बढी भन्दा बढी प्रविधिको प्रयोग गर्नुपर्ने र सहज रुपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै भन्नुभयो ‘ सहजै काम हुने र काम गर्ने वातावरण बनाउनु जरुरी छ । क्रमशः त्यस दिशामा सरकार र निजी क्षेत्र पनि केन्द्रीत भइरहेको छ । थप बढावा दिनु जरुरी रहेको छ ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै देशको ऊर्जा क्षेत्रमा ठूलो समृद्धि आउने बताउनुभयो । उहाँले निजी क्षेत्र मैत्री नियम तथा कानूनको व्यवस्था गर्न र त्यसको व्यवहारिक कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता भित्र्याउनका लागि पनि स्पष्ट कानूनी आधार र लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै उपराष्ट्रपति पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गर्नुभयो ।

एक्स्पोमा ८५ भन्दाबढी प्रदर्शकले सयभन्दा बढी स्टल बुकिगं गरेका छन् । जलविद्युतक्षेत्रको महत्वपूर्ण तथा ठुलो मानिएको यो एक्स्पोमा एक लाख बढी अवलोकनकर्ताको सहभागिता रहने अनुमान गरिएको छ ।

चीन, भारत, अष्ट्रिया, दक्षिण कोरिया , स्वीडेन, जर्मनी, बुल्गेरिया, बंगलादेश तथा बेलायत लगायत मुलुकका जलविद्युत् क्षेत्रसँग सम्बन्धित कम्पनीहरु एक्स्पोमा सहभागि भएका छन् । यस्तै जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीको सहभागिता छ ।

आधुनिक सौर्य प्रणाली, विद्युतीय सवारी साधन, हाइड्रो मेकानिकलका साथै आधुनिक निर्माण उपकरण, आकर्षणका रुपमा रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईले जानकारी दिनुभयो ।

5c41b802ce912.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको