Like us!
Follow us!
Connect us!
Watch us!

चलचित्र जानी नजानीको ट्रेलर सार्वजनिक ( भिडियो )

शुक्रबार, १० फागुन २०७५, १५ : ४८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– युवापुस्ताको प्रेमलाई समेटर निर्माण गरिएको जानी नजानी चलचित्रको ट्रेलर शुक्रबार राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ । चलचित्र जानीनजानी आगामी चैत १ गतेबाट देशव्यापी रिलिज हुँदैछ ।

ट्रेलरमा नायक मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठको प्रेमलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।  पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतको छोरी निरिशा केही समय बलिउडमा काम गरेपश्चात यसै फिल्म मार्फत नेपाली चलचित्रमा डेब्यु गर्दै्छिन् । फिल्ममा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको अभिनय छ ।

आधुनिक प्रेम कथामा आधारित भनिएको जानी नजानीमा कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । यसै फिल्म मार्फत धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन ।

फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्ममा कविराज गहतराज, प्रविण सिंह र शिशिर खातीको नृत्य निर्देशन रहेको छ ।

फिल्ममा अर्जुन जिसीको सम्पादन, बसन्त घर्ती मगरको भीएफएक्स, रेनिश फागोको कलरिङ छ । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको लगानी रहेको छ ।

5c7296505cba2.jpg 5c7296519a717.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको