Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन भारतका सबैभन्दा धनी कलाकार, कस्को कति सम्पत्ति ?

शुक्रबार, १७ फागुन २०७५, १७ : ४२ मा प्रकाशित

यी हुन भारतका सबैभन्दा धनी कलाकार, कस्को कति सम्पत्ति ?

अर्थ संसार, काठमाडौं – छिमेकी देश भारतको फिल्मी उदोगले पछिल्लो दिनमा संसारभर नै तहल्का मच्चाइरहेको छ । भारतीय चलिचित्र उद्योगले भारतको आर्थिक वृद्धि र विकासलाई समेत प्रभावकारी रुपमा अगाडि बढाएको दावी गरिएको छ ।

भारतका हजारौ कलाकार कार्यरत छन् । उनीहरुले आफ्नो जीवनको अभिन्न हिस्साको रु पमा अभिनयलाई बनाएका छन् । कमाइको आधार तथा अन्य आधार समेत उनीहरुलाई चलचित्र उद्योगले दिएको छ ।

सन् २०१८ हालै बितेको छ । सो वर्ष भारतका कुन कुन कलाकारले के कति मात्रामा आम्दानी गरे र उनीहरुको कमाईको अवस्था कस्तो रह्यो भन्ने बारेमा हालै एउटा विवरण प्रकाशित भएको छ ।

सो विवरणअनुसार १० धनी भारतीय कलाकारको आम्दानी र उनीहरुले के कति आम्दानी गरे भन्ने बारेमा भारतको एक अनलाइनले प्रकाशित गरेको विवरणलाई यहाँ प्रस्तुत गरिएको छ ।

सञ्जय दत्त

भारतीय कलाकार मध्ये आम्दानीको हिसाले सबै कलाकारको आम्दानी धेर थोर सबैको न हुने गरेको छ । त्यसमा अभिनेता सञ्जय दत्त दशौं स्थानमा रहेका छन् । उनको कूल नेटवर्थ ५५ मिलियन रहेको छ । दशौं धनी कलाकारको रुपमा उनी परिचित छन् । उनी फिल्म निर्माता सुनिल दत्तका छोरा हुन् ।

रनविर कपूर

यस्तै भारीय कलाकारहरुमा नवौ धनी कलाकारका अभिनेता रनविर कपूर रहेका छन् । उनको कुल नेटवर्थ ६६ मिलियन रहेको छ । उनले प्रति चलचित्रमा अभिनय गर्दा १५ देखि २५ करोड बराबर लिने गरेका छन् । उनको ये जवानी है दिवानीबाट राम्रो कमाइ गरेपछि बलीउडमा चर्चित भएका हुन् । उनी १९८२ मा जन्मिएका हुन् ।

जोन अब्राहम

यस्तै अर्का नायक जोन अब्राहम भारतका सातौ धनी कलाकारमा पर्दछन् । सन् १९७२ डिसेम्बरमा जन्मिएका उनको कूल नेटवर्थ ६८ मिलियन रहेको छ । उनको वार्षिक कमाई मात्रै १२ मिलियनदेखि २० मिलियनसम्म हुने गरेको छ ।  विज्ञापनबाट चलचित्रमा प्रवेश गरेका  उनी भारतमा ह्याण्डसम नायकको रुपमा परिचित छन् ।

रितिक रोशन

राकेश रोशनका छोरा रितिकको कूल नेटवर्थ ७० मिलियन रहेको छ । उनले वार्षिक ४५ मिलियनसम्म कमाउने गरेका छन् । ह्याण्डसम कलाकारको रुपमा परिचित रोशनले पछिल्लो दिनमा आफै पनि विभिन्न कम्पनीमा लगानी गरेका छन् ।

सैफ अली खान

नायिक शर्मिला टैंगोरका छोरा सैफ अलि खान ६ औं धनी कलाकार हुन् । उनको कूल नेटवर्थ १४० मिलियन रहेको छ । दिल चाहतता है, कल होना हो, परिणिता जस्ता सफल चलचित्रमा अभिनय गरेका खानले ओमकारा, रेश, हम तुम, लभ आजकल जस्तता अन्य धेरै चलचित्रमा समेत अभिनय गरेका छन् ।

अक्षय कुमार

राजीव हरि भाटियालाई अक्ष्यकुमारको नाममा चिनिन्छ  । उनको कूल नेटवर्थ १८५ मिलियन रहेको छ । सन् १९६७ मा जन्मिएका उनले फिल्म फेयर अवार्ड पाएका छन् ।

अमिर खान

भारतका चौथा धनी कलाकारको रुपमा परिचित छन् अमिर खान । उनको कूल नेटवर्थ १८५ मिलियन रहेको छ । कयामत से कयामत तकदेखि जगजनी, धूम ३, थ्री इडियट्स, जस्ता धुम मच्चाउन सफल कलाकारको रुपमा उनी परिचित छन् ।

सलमान खान

भारतका तेस्रा धनी कलाकारको रुपमा सलमान खान रहेका छन् । उनको कूल नेटवर्थ २२० मिलियन रहेको छ । उनलाई बलिउडको टाइगरको रुपमा लिइन्छ । धेरै मध्ये एक व्यवसायिक रुपमा सफल कलाकारको रुपमा उनलाई लिइन्छ । उनको सुल्तान, दबंग, बडीगार्ड, बजरंगी भाइजान जस्ता सफल चलचित्र रहेको छ ।

अमिताभ बच्चन

भारतका दोस्रा धनी कलाकारको रुपमा अमिताभ बच्चन रहेका छन् । उनको कूल नेटवर्थ ४०० मिलियन रहेको छ । बिग बि को रुपमा परिचित उनका २०० भन्दा बढी चलचित्र रहेका छन् । पदम श्री, पदम् भूषण जस्ता भारतको प्रख्यात पुरस्कार पाएका बच्चनलाई भारतको कलाकारका पनि कलाकारका रुपमा लिइन्छ ।

साहरुख खान

यस्तै भारतका सबैभन्दा धनी कलाकारको रुपमा साहरुख खानलाई लिने गरिन्छ । उनको कूल नेटवर्थ ७४० मिलियन रहेको छ । उनलाई बलीउडकाा राजाको रुपमा लिइन्छ । १०० भन्दा बढी राम्रा फिल्म दिएका खानले करियरमा मात्रै १५ फिल्मफेयर अवार्ड पाएका छन् ।

5c792979e67f1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको