Like us!
Follow us!
Connect us!
Watch us!

शिवम सिमेन्टस् लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटा नियुक्त

सोमबार, २७ फागुन २०७५, १७ : ३१ मा प्रकाशित

शिवम सिमेन्टस् लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा  सजन देवकोटा नियुक्त

अर्थ संसार, काठमाडौं-शिवम सिमेन्टस् लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा  सजन देवकोटालाई नियुक्त गरेको छ । देवकोटाले विगत २२ वर्ष देखि नेपालको विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरुको व्यवस्थापकिय कार्य अनुभव हासिल गरेका छन् । साथै उनी करिव ४ वर्ष देखि शिवम सिमेन्टमा आवद्ध छन् ।

 नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवकोटालामो समयदेखि नेपाली विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरु जस्तै नेस्टले ईण्डिया लिमिटेड, नेपाललिभर लिमिटेड, वरुण विभरेज नेपाल प्रा. लि., नेविको विस्कुट लिमिटेड, चौधरी ग्रुप नेपालप्रा. लि.र शिवम सिमेन्टस् लि. समेत माविभिन्न क्षेत्रको व्यवस्थापकीय कार्य अनुभव हासिल गरेका कुशल व्यवस्थापक रहेको कम्पनीले जनाएको छ ।

सजन देवकोटाको कार्यकालमा कम्पनीले थप उचाई प्राप्त गरी नेपालको क्लिंकर तथा सिमेन्ट उद्योगको जगतमा शिवम सिमेन्टको सबै कोणबाट अग्रस्थान कायम राख्न सदा सफल हुने कम्पनीले विश्वास लिएको छ ।उहाँकालामो व्यवस्थापकीयकार्य अनुभव, कार्य कुशलतातथा टिमवर्क प्रतिको विश्वासनीयताको उपयोगबाट कम्पनीले लिएका समग्र लक्ष्यहरु सहजै हासिल होस भन्ने भावनाका साथ नवनियुक्त प्रमुख क कार्यकारी अधिकृतको रुपमा कम्पनी उहाँको सफल कार्यकालको हार्दिक शुभ कामना व्यक्त गर्दछ ।

देवकोटालाई शिवम सिमेन्टस् लिमिटेडको कम्पनी सञ्चालक समितिको ५१ औं बैठकले मितिः २०७५ साल चैत्र १ गतेका दिन देखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

शिवम् सिमेन्ट लिमिटेड सन् २००९ देखि नेपालको केन्द्र भाग हेटौँडामा स्थापित भई अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवमप्लस सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।साथै शिवम् सिमेन्टस् लि.हालै सर्व साधारणमा प्रिमियम मूल्यमा शेयर जारीगर्ने निजी क्षेत्रको पहिलो पब्लिक लिमिटेड कम्पनी बनेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको