स्पर्श लघुवित्तको आईपीओ आइतवार बाँडफाँट हुँदै
अर्थ संसार, काठमाडौं – स्पर्श लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) आइतवार विहान बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सानीमा क्यापिटलको अनुसार आइतवार विहान ९ बजे सानिमा क्यापिटलको कार्यालयमा शेयर बाँडफाँट हुँदैछ ।
कम्पनीले फागुन २६ गतेदेखि २ लाख ६९ हजार ६३० कित्तामध्य २ लाख ५२ हजार कित्ता शेयर सर्वसाधारणहरुलाई जारी गरेको हो ।
यस आईपीओमा ३३ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धकका अनुसार ३ लाख ३ हजार ४४ जना आवेदकले रू। ८३ करोड २७ लाख ६३ हजार बराबरको ८३ लाख २७ हजार ६३० कित्ता शेयर खरीदको माग गरेका छन् ।
कम्पनीले कुल कित्तामध्ये ४ हजार १४८ कित्ता कम्पनीका कर्मचारीहरुको लागि सुरक्षित राखेको छ भने १३ हजार ४८२ कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार ३४० कित्तासम्मको लागि आवेदन दिन सकिने व्यवस्था थियो ।
हाल ५ करोड ६० लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ बाँडफाँटपछि ८ करोड २९ लाख पुग्नेछ । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा ६ लाख २१ हजार नाफा कमाएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म १ करोड ४२ लाख ६६ हजार खुद नाफा कमाउने प्रक्षेपण कम्पनीको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस