Like us!
Follow us!
Connect us!
Watch us!

युनियन हाइड्रोपावर कम्पनीको आइपिओ आजदेखि

बुधबार, १३ चैत्र २०७५, ०७ : ५६ मा प्रकाशित

युनियन हाइड्रोपावर कम्पनीको आइपिओ आजदेखि

अर्थ संसार, काठमाडौं– युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले चैत १३ गते अर्थात आजदेखि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको छ । 

कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका ३५ लाख ३४ हजार ३ सय ४० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

निष्कासन गरिएको शेयरमध्ये ७० हजार ६ सय ८६ कित्ता कर्मचारी र १ लाख ७६ हजार ७ सय १७ कित्ता सामुहिक लगानीक कोषका लागि सुरक्षित गरिएको छ ।

बाँकी सर्वसाधारण लगानीकर्ताले बाँकी ३२ लाख ८६ हजार ९ सय ३७ कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा चैत १७ गते हुनेछ भने ढिलोमा ०७६ वैशाख १२ गते हुनेछ  ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको ७ लाख ५० हजार कित्तामध्ये आवेदन नपरेको ६ लाख २१ हजार ७ सय ९० कित्तासहित सो शेयर निष्कासन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको प्रतिमेगावाट लागत २६ करोड ५० लाख २५ हजार ९ सय १५ दशमलव शून्य २ रहेको छ भने कुल लागत ७९ करोड ५० लाख ७७ हजार ७ सय ४५ दशमलव शून्य ६ रहेको छ । कम्पनीको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि २९ वर्ष बाँकी रहेको छ ।

कम्पनीको सामान्य लगानी फिर्ता हुने अवधि १० दशमलव ६१ वर्ष रहेको छ भने डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि २३ दशमलव २३ वर्ष रहेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेकोछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामासहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले लम्जुङ्गको साविक करापु–८  र ९ तथा हाल मध्यनेपाल न.पा ८ मा रहेको मिदिम खेला (करापु) मा ३ मेगावाट क्षमताको  जलविद्युत आयोजन निर्माण सम्पन्न गरी चालु अवस्थामा रहेको छ ।

5c9adf072122c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको