Like us!
Follow us!
Connect us!
Watch us!

भारतविनाको सार्कको अस्तित्व छैन : पराष्ट्रविदहरु

शुक्रबार, १४ असोज २०७३, १६ : १० मा प्रकाशित

भारतविनाको सार्कको अस्तित्व छैन : पराष्ट्रविदहरु


अर्थ संसार, 
काठमाडौं । परराष्ट्रविद्हरुले भारतविना सार्कको अस्तित्व नरहेको बताएका छन् । बिहीबार पत्रकार सम्मेलनमा उनीहरुले सो कुरा बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पराष्ट्र सल्लाहकार डा.ऋषि अधिकारीले अन्र्तराष्ट्रिय आतंकवादको विरुद्धमा नेपाल रहेको बताएका छन् । उनले भने ,‘हामी ईन जनरल र ईन प्रिन्सिपल आतंकवादको विरुद्धमा छौं ।’ यद्धपी उनले भारत–पाकिस्तानवीचको बढ्दो तनावलाई लिएर नेपालले अहिले नै बोल्न नमिल्ने स्पष्ट पारे ।
अधिकारीले आगामी नोभेम्बरमा पाकिस्तानको ईस्लामवादमा हुने भनिएको १९ औं सार्क सम्मेलनको अन्यौलताबारे समेत प्रधानमन्त्रीले सरकारको तर्फबाट आफ्नो धारणा राखिसकेकोले नेपाल सार्कको अध्यक्ष राष्ट्रको हैसियतले निर्धारित मितिमै होस भन्ने चाहेको स्पष्ट पारे ।


सार्क राष्ट्रको कुनै एक सदस्यले भाग नलिए सम्मेलन नै प्रभावित हुने भएकाले सबै सदस्य राष्ट्रको सहमति आवश्यक रहेको उनको भनाई थियो । भारतविना सार्कको औचित्य नै नहुने अधिकारीले स्पष्ट पारे ।
अर्थविद डा.विश्वम्भर प्याकुरेलले सार्कलाई अहिलेसम्म भारतले नै नेतृत्व दिएकोले भारतविनाको सार्कको कुनै अस्तित्व नै नहुने बताए । प्याकुरेलले अहिले सार्क दुई फ्याक्टरमा विभाजित जस्तो बनेको तर्क गरे ।
उनले भने,‘अहिले सार्क दुई भागमा बाँडिएको छ, एउटा सार्क २ छ जहाँ भारत र पाकिस्तान मात्रै छन्, अर्को सार्क ६ छ त्यसमा भारत र पाकिस्तानवाहेकका राष्ट्रहरु छन् ।’ डा. प्याकुरेलले सार्क ईकोनोमिक प्रष्पेक्टिभमा ईनईफेक्टिभ भएको बताए । नेपाल सार्क राष्ट्रको अध्यक्षको हैसियतमा भएकोले अहिले सन्तुलित एवम् प्रभावकारी भूमिका खेल्नुपर्ने प्याकुरेलको भनाई थियो ।


पराष्ट्रविद डा.निश्लनाथ पाण्डेले सार्क अहिले मरणासन्न र चीर निद्रामा रहेको टिप्पणी गरे । पाण्डेले भारत–पाकिस्तान तनावका कारण अहिले सार्क सम्मेलन अन्यौलमा रहेकोले अध्यक्ष राष्ट्रको हैसियतले आफ्नो दायित्व प्रभाकारी ढंगले निर्वाह गर्नुपर्ने बताए । उनले भारतले सार्कलाई त्यति महत्व नदिएको समेत बताए ।
उनले सार्क सम्मेलनको बारेमा नेपाल सरकारले पटक पटक वक्तव्य निकाल्नुभन्दा पनि विचार पुर्याएर एउटै विज्ञप्ती निकाल्नुपर्ने धारणा राखे । उनले थपे,‘अफिसियल डकुमेन्ट निकाल्दा विचार पुरयाएर एउटै निकाल्नुपर्छ ।’
भारतले आतंकवादको विरुद्धमा सर्जिकल स्टा«ईक थालेको बारेमा टिप्पणी गर्दै आतंकवादको विरोध गर्नु राम्रो कुरा भएको पाण्डेको भनाई थियो ।


पूर्वराजदुत प्रद्युम्न विक्रम शाहले सार्क सम्मेलन स्थगित् हुनु नौलो कुरा नभएको भन्दै आयोजक राष्ट्रमा आन्तरिक समस्या भए भेन्यु सार्न सकिने बताए ।
यद्धपी उनले भारत–पाकिस्तावीच अहिले देखिएको समस्यालाई वार्ताबाटै हल गरेर मिलाउनुपर्ने बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको