Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीपको सफाइविरुद्ध काठमाडौंमा प्रदर्शन

अर्थ संसार

विहीबार, ०३ जेठ २०८१, १७ : ५८ मा प्रकाशित

सन्दीपको सफाइविरुद्ध काठमाडौंमा प्रदर्शन

क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि फैसलाविरुद्ध प्रदर्शन भएको छ।

बुधबार उच्च अदालत पाटनले यसअघि जिल्लाले गरेको फैसला उल्टाउँदै सन्दीपलाई सफाइ दिएको हो। जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो।

 त्यही प्रकरणसँग जोडिएकी किशोरी (गौशाला २६) का पक्षमा आज काठमाडौंमा प्रदर्शन भएको छ। 

म पनि गौशाखा २६, साथमा हामी छौँ लगायतका नारासहित न्यायालयले पैसा र सत्ताको चलखेलबाट पीडितविरुद्ध फैसला गरेको भन्दै वैज्ञानिक समाजवादी महिला संगठनले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो।

उनीहरूले म पनि गौशाला २६, बलात्कारी जोगाउने राजनीति बन्द गर, पितृसत्ता मुर्दावाद लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर नारा लगाउँदै प्रदर्शन गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको